कावासोती । आगामी वर्षको जेठ २५ गतेबाट देशै भर सन्चालन हुन गईरहेको राष्ट्रिय जनगणना २०७८ को लागि पुर्वी नवलपरासीमा पनि जिल्ला जनगणना कार्यालय मंगलबार बाट सन्चालनमा आएको छ ।
जिल्लाको कावासोती नगरपालिकाको थकाली चोकमा कार्यालय स्थापना गरेर काम सुरु गरिएको जिल्ला जनगणना कार्यालय पुर्वी नवलपरासीका प्रमुख जितेन्द्र रानाभाटले बताए ।
जनगणना कार्यालय पुर्वी नवलपरासीका प्रमुख रानाभाटका अनुसार आवश्यक कर्मचारीलाई अनलाईन मार्फत् आवेदन माग गरिदा , इन्टरनेटको पहुँचमा नभएका र चलाउन नजान्नेहरुले फारम भर्न नसक्ने भएकाले चैत्र ५ गतेदेखि ११ गतेसम्म जिल्ला कार्यालयमा नै आएर फारम भर्न सकिने व्यवस्था गरिएको छ । नवलपुरका लागि ४ सय ६२ जना गणक र १०४ जना सुरपरिवेक्षकको माग रहेको छ ।
२०७८ वैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधीमा सुपरिवेक्षकहरु द्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि अषाढ ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मुल गणनाको काम हुने र अषाढ ८ गते जनगणना दिवस मनाउने गरी काम हुने रानाभाटले बताए ।
राष्ट्रिय जनगणना देशै भर एक साथ २०७८ जेठ २५ बाट सुरु भएर असार ८ गते सम्पन्न हुने छ ।
प्रकाशित : २०७७ चैत ३ गते १८:२०
Facebook Comment