६ अर्ब रुपैयाँ बराबरको विस्फोटक पदार्थ युरेनियमसहित चारजना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २८ गते १६:२४
६ अर्ब रुपैयाँ बराबरको विस्फोटक पदार्थ युरेनियमसहित चारजना पक्राउ

काठमाडौं । प्रहरीले ६ अर्ब रुपैयाँ बराबरको बहुमूल्य विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट खटिएको टोलीले बिहीबार बौद्धबाट उनीहरुलाई पक्राउ गरेको हो । दुई किलो ५०० ग्राम युरेनियमसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी हरिबहादुर पालले जानकारी दिए । त्यसको नेपाली मूल्य ६ अर्ब रुपैयाँ बराबर पर्ने उनले बताए ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । नेपालमा युरेनियमसहित आरोपी पक्राउ गरिएको यो पहिलोपटक हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ फागुन २८ गते १६:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI