काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक आउँदो चैत ३ गतेका लागि बोलाएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि आज दोस्रोपटक प्रतिनिधिसभाको बैठक बसेको हो । यसअघि, गएको आइतबार बसेको पहिलो बैठकको कार्यसूचीमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समावेश गरिँदा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले बेल घेराउ गरेका थिए ।
प्रकाशित : २०७७ फागुन २६ गते १३:४१
Facebook Comment