काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने छ ।
प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने भए पछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवारी आयो भने प्रधानमन्त्री पदबाट पछि नहट्ने बताउँदै आएका छन् ।
यता, रामचन्द्र पौडेल भने सरकारमा जान नहुने अडान राख्दै आएका छन् ।
कांग्रेसले संसदीय दलको बैठक पनि भोलिका लागि बोलाएको छ । उक्त वैठकमा यस विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
फाइल तस्बिर
प्रकाशित : २०७७ फागुन २० गते ९:००
Facebook Comment