काठमाडौं, २९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको हो ।गए राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ । निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।
प्रकाशित : २०७७ माघ २९ गते ८:२०
Facebook Comment