न्युन चापीय क्षेत्रको प्रभाव : वर्षा र हिमपातको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २ गते ७:३६
न्युन चापीय क्षेत्रको प्रभाव : वर्षा र हिमपातको सम्भावना

हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली  रहेको छ ।देशका तराईका भू-भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

देशको विभिन्न भू-भागमा  तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

शुक्रबार  प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रकाशित : २०७७ माघ २ गते ७:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI