No ads found for this position

बुलिङ्गटारमा जेसिज स्थापना हुदै: प्रस्तावित बुलिङ्गटार जेसिजको कार्यसमिति चयन

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २६ गते २०:०६
No ads found for this position
बुलिङ्गटारमा जेसिज स्थापना हुदै:  प्रस्तावित बुलिङ्गटार जेसिजको कार्यसमिति चयन
No ads found for this position

बुलिङ्गटार । बुलिङ्गटारमा बुलिङ्गटार जेसिज स्थापना हुने भएको छ । शनिबार  बुलिङ्गटारमा आयोजना गरिएको विषेश भेलाले प्रस्तावित बुलिङ्गटार जेसिज स्थापना गर्ने निर्णय गरेको हो ।

मातृशाखा गैंडाकोट जेसिज रहने गरि सन्दिप कुमार श्रेष्ठको अध्यक्षतामा प्रस्तावित बुलिङ्गटार जेसिजको गठन गरिएको छ । नवगठित कार्यसमितिको कार्यकारी उपाध्यक्षमा तेजमान श्रेष्ठ र भविलाल राना, कानुनी सल्लाहकारमा ऋषिश्वर बकावल, महासचिवमा सुवाष देवकोटा,कोषाध्यक्षमा ऋषिराम गिरी, उपाध्यक्षहरुमा विमला वाग्ले पौडेल,लोक प्रसाद रामदाम,प्रदिप कंडेल र अर्जुन पुलामी , सचिवमा बुद्ध प्रसाद रानाभाट,सह-कोषाध्यक्षमा त्रेता बस्ताकोटीलाई सर्वसम्मत चयन गरिएको प्रस्तावित बुलिङ्गटार जेसिजका महासचिब सुवाष देवकोटाले बताए ।

बुलिङ्गटार गाउँपालिकाकी उपाध्यक्ष मैना बिकको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष बद्री सापकोटा , गैंडाकोट जेसिजका अध्यक्ष दया सापकोटा , गैंडाकोट जेसिजका पुर्व अध्यक्षहरु प्रमेश आचार्य, कृष्णहरि सापकोटा लगाएतको विशेष उपस्थित रहेको थियो ।

 

प्रकाशित : २०७७ पुष २६ गते २०:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI