No ads found for this position

दाहाल पहिल्यै पार्टी फुटाउन चाहन्थे, उनमा परिवारवाद हावी भयो : मन्त्री रायमाझी

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २६ गते १८:२३
No ads found for this position
दाहाल पहिल्यै पार्टी फुटाउन चाहन्थे, उनमा परिवारवाद हावी भयो : मन्त्री रायमाझी
No ads found for this position

नारायण शर्मा/नवलपरासी — नेकपा अध्यक्ष पुष्पकमल दाहाल समूहबाट अर्का अध्यक्ष केपी ओली समूहमा लागेका उर्जा मन्त्री टोपबहादुर रायमाझीले दाहालले पहिले नै पार्टी फुटाउन खोजेको बताएका छन् । कावासोतीमा आइतबार आयोजित अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै रायमाझीले दाहालले जुन पार्टीमा गयो त्यसैलाई विघटन गराउने प्रवृत्ति रहेको भन्दै उनले पार्टी एकता भएदेखि नै फुटाउने प्रयास गरेको बताए ।

‘तर, प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा आफ्नै माओवादीभित्र फुट आएको मेसो पाउनु भएन,’ उनले भने । उनले दाहालको राजनीतिमा परिवारवाद हावी भएको पनि बताए । आफ्नै पार्टीको सरकारले गरेका राम्रा कामको प्रचार नगरी विरोधमात्रै गरेको पनि उनले बताए । ‘प्रचण्डले सधैँ आफूलाई केन्द्रमा राखेर राजनीति गर्ने गरेको पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ,’ उनले संचारकर्मीहरुसँग भने ।

‘गद्दारहरु होसियार’ लेखिएको बेलुन उडाइयो

अगुवा भेलालाई सम्बोधन गर्न आएका मन्त्री रायमाझीलाई दाहाल–नेपाल समूहका नेकपा कार्यकर्ताले पनि स्वागत गरे तर कालो झन्डाले । उनलाई नवलपरासी पूर्वका डण्डा र थकाली चोकमा कालो झण्डा देखाइयो भने ‘असंवैधानिक कदम खारेज गर’, ‘गद्दारहरु होसियार’ लेखिएको ब्यानर पनि प्रर्दशन गरियो । पूर्व–पश्चिम राजमार्गका मुख्य बजारमा ‘गद्दारहरु होसियार’ लेखिएको ब्यानर बेलुनमा बाँधेर अकाशमा उडाएइको थियो ।

प्रकाशित : २०७७ पुष २६ गते १८:२३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI