प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाएका ७ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री ओली जनसभामा बोल्दै गर्दा बाहिर सडकमा टिसर्टमा निर्मलाका बलात्कारी खै भन्दै टिसर्ट लगाउने युवाहरुलाई नियन्त्रणमा लिइएको कैलाली प्रहरी प्रमुख अनुपम शमशेर जवराले बताउनु भयो ।
प्रहरी उपरीक्षक जवराले ठूलो भीडभाडमा टिर्सर्ट लगाएर विरोधमा उत्रिएका उनीहरुलाई केही समयका लागि नियन्त्रणमा र अहिले छाडिसकिएको बताउनु भयो ।
प्रकाशित : २०७७ पुष २४ गते १८:०७
Facebook Comment