चितवनमा गृहमन्त्री बादलविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन (फोटो फिचर)

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २० गते १४:५२
चितवनमा गृहमन्त्री बादलविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन (फोटो फिचर)

अनिल ढकाल/चितवन : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन गरिएको छ। प्रधानमन्त्री केपी ओली पक्षले आयोजना गरेको सभामा सहभागी हुन सोमबार गृह जिल्ला आएका मन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको हो।

सोमबार एकै समय पारेर प्रधानमन्त्री केपी ओली र प्रचण्ड-नेपाल पक्षले कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड-नेपाल समर्थकहरुले बेलुन  उडाएर विरोध प्रदर्शन गरेका हुन्।

प्रचण्ड-नेपाल पक्ष समर्थकहरुले विभिन्न कार्यालय, होटल, बिजुलीका पोल तथा रुखहरुमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन्। बादल लाल गद्धार, संवैधानिक ‘कू’का मतियार लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको छ।

पूर्वमाओवादी समूहबाट गृहमन्त्री समेत भएका बादल संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा आएका थिए। 

अन्नपूर्णपोस्ट

प्रकाशित : २०७७ पुष २० गते १४:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI