संविधानको रक्षाको लागि पनि संसद पुनर्स्थापना हुनु आवश्यक : महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १३ गते १६:५२
संविधानको रक्षाको लागि पनि संसद पुनर्स्थापना हुनु आवश्यक : महामन्त्री कोइराला

कावासोती । नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको बताउदै संविधानको रक्षाको लागी पनि संसद पुर्नस्थापना हुनु पर्ने बताए । नेपाली काङ्ग्रेस नवलपुर संघिय क्षेत्र नं १ द्वारा आयोजित संसद विघटन विरुद्धको प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन ।

सभालाई सम्बोधन गर्दै कोइरालाले नेपाली काङ्ग्रेसको नेतृत्वमा संविधान बनेको स्मरण गर्दै संविधानको रक्षा गर्ने अभिभारा पनि काङ्ग्रेस भएको बताएका छ्न । कोइरालाले नेपाली काग्रेस सर्बसत्ताबादका बिरुद्ध आन्दोलनमा होमिएको र संसद पुर्नस्थापनाका लागि एक जुट भएर लागेको बताएका छ्न ।

फरक प्रसंगमा बोल्दै कोइरालाले सरकार भ्रष्टाचारमा डुबेर उत्रिनै नसकेको आरोप लगाएका छ्न । कोभिड महामारीमा समेत सरकार र सरकारका मन्त्रीहरु जनताको पक्षमा काम गर्न छोडेर भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउदै कोइरालाले सरकारले तीन वर्षको अवधिमा भ्रष्टाचार बाहेक अरु केही काम गर्न नसकेको बताएका हुन ।

कोईरालाले विकासका सवालमा प्रधानमन्त्री ओलीको कुनै दृष्टि नभएको भन्दै सत्तामा बसेर शासन गर्ने बाहेक केहि पनि काम प्रधानमन्त्रीबाट नभएको जिकिर गरे । विरोधसभामा काँग्रेसका जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित : २०७७ पुष १३ गते १६:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI