अच्चमै लाग्दो : पल्सर २२० मा ट्याकटरको टायर

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १३ गते १४:०५
अच्चमै लाग्दो : पल्सर २२० मा ट्याकटरको टायर

काठमाडौं । भारतमा एकजना राइडरले आफ्नो पल्सर बाइकमा ट्याक्टर टायर राखेर कस्टमाइज गरेका छन् । पल्सर २२० को अगाडी चक्कामा ट्याक्टर टायर राखेर उनले कस्टमाइज गरेका हुन् ।

कस्टमाइज गरिएको उक्त बाइकलाई ती राइडरले पिच र कच्ची दुबै सडकमा सहजताका साथ चलाएका छन् । यसरी बाइक चलाउँदा कुनै अफ्ठ्यारो महशुस नभएको समेत उनले बताएका छन् ।

ठूलो आकारको टायर राख्न उनले सस्पेन्सन सहितको फर्क हटाएका छन् भने ट्याक्टर टायरको पांग्राको समेत कस्टमाइज गरेका छन् । ठूलो आकारको टायरलाई सकेट बनाएर जडान गरिएको छ । सकेट बनाइएका कारण यसलाई राइडर आफूले चाहेको बखतमा सहजताका साथ हटाएर पुरानै टायर जडान गर्न सकिन्छ ।

यसरी कस्टमाइज गरिएको बाइकको अगाडी चक्कामा ब्रेक जडान गरिएको छैन भने यसको ग्राउन्ड क्लिरियन्स समेत अनाबश्क रुपमा बढी छ । (नेपाल अटोबाट)

प्रकाशित : २०७७ पुष १३ गते १४:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI