पूर्वी नवलपरासीमा दाहाल-नेपाल भेला : वडा तहसम्म आन्दोलन गर्ने निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १२ गते १७:४९
पूर्वी नवलपरासीमा दाहाल-नेपाल भेला : वडा तहसम्म आन्दोलन गर्ने निर्णय

नारायण शर्मा/नवलपरासी — नेकपा दाहाल-नेपाल पक्षका अगुवा कार्यकर्ताको भेला आइतबार डण्डामा सम्पन्न भएको छ । भेलामा केन्द्रीय सदस्यद्वय किसन शर्मा, रविन्द्र अधिकारी र कृष्ण पौडेलले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । उनीहरुले प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन असंवैधानिक रहेको र त्यसविरुद्ध सडक संघर्ष गर्दै जान कार्यकर्तालाई निर्देशन दिए ।संसद् विघटनविरुद्ध अदालतमा मुद्दा परिसकेकोले संसद् पुन:स्थापना हुने भन्दै कार्यकर्तालाई आश्वासन दिएका थिए । भेलामा जिल्लाका २ सयभन्दा बढी अगुवा कार्यकर्ताको भेला भएका थिए । पुस १४ देखि ३० गतेसम्म संघर्षका कार्यक्रम गर्ने र त्यसलाई वडा तहसम्म लैजाने निर्णय भएको कार्यक्रममा सहभागी गोपी कँडेलले जानकारी दिए । पार्टी विभाजनपछि जिल्लाका अधिकांश नेताहरु नेकपा दाहाल-नेपाल समूहमा देखिएका छन् ।

प्रकाशित : २०७७ पुष १२ गते १७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI