काठमाडौं, ९ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले संसद विघटनको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । विहीबार (आज) दाहाल–नेपाल समूहको केन्द्रीय कार्यसमिति बैठकले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने घोषणा गरेको हो ।
बैठकले प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको हो । उक्त समिति दुई हजार पाँच सय १ सदस्यीय रहेको बताइएको छ ।
यसैबीच नेकपाको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहको पनि आज केन्द्रीय कार्यसमिति बैठक बसेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा गत आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।
प्रकाशित : २०७७ पुष ९ गते १६:३३
Facebook Comment