दिपेश खत्रीले घातक बलिङ्ग गरेपछि कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको छ ।
गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा कास्कीले तनुहँमाथि जित निकाल्दै लिग तालिकामा थप दुई अंक जोडन सफल भयो ।
पोखरा रंगशालामा जारी खेलमा जितका लागि १ सय ५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका व्याट्म्यानहरु खत्रीको धारिलो बलिङ्ग अगाडी टिक्न नसकेपछि उनीहरुको पारी १ सय २३ रनमै समेटियो । खत्रिले आफ्नों कोटाको पुरै १० ओभरमा ५ मेडन सहित मात्रै ९ रन खर्चिएर ४ विकेट लिएका थिए । तनहुँको तर्फबाट समिर कँडेलले ४१ रन बनाए । कास्कीको बलिङ्गमा सुवास भण्डारीले ३ विकेट लिए ।
यसअघि टस जितेर मैदान उत्रिएको कास्कीले ४७.५ ओभर खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १ सय ५४ रन बनाएका थियो । जसमा अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङ्गले २० रन बनाएका थिए । तनुहँको बलिङ्गमा दिनेशजंग बुढामगरले ३, राजु गुरुङ्गले २ तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक एक विकेट लिएका थिए ।
खेलमा कास्कीका दिपेश खत्री म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ट्रफि प्रदान गरेका थिए ।
लिग अन्र्तगत बुधबार कास्की र नवलपुरविच अन्तिम खेल हुनेछ ।
प्रकाशित : २०७७ पुष ७ गते २०:३४
Facebook Comment