मुलुकमा युवा नेतृत्वको बहस र आवश्यकता

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २४ गते १९:२२
मुलुकमा युवा नेतृत्वको बहस र आवश्यकता

अरुणेश्वर खनाल-                                            मुलुकमा यती बेला युवा नेतृत्वको आबश्यकता र औचित्य माथी बहस भइरहेको छ । विश्वका कतिपय देशमा ४० नकटेका युवाहरुले देशको वागडोर सम्हालिरहेको सन्र्दभमा हाम्रो देशमा पनि युवा नेतृत्वको आबश्यकतामाथी बहस सुरु हुनुलाई सुखद् मान्नु पर्छ । हुन त यस्तो बहस पहिले पनि नभएको होईन धेरै पटक युवाले देशको नेतृत्व गर्नु पर्छ भन्ने बारेमा बहस भएको छ । तर पनि पछिल्लो केहि दशक यता लगातार हाम्रो मुलुकमा ६० कटेका मानिसहरुले नेतृत्व गरिरहेका छन् । त्यसकारण पनि बेला बेलामा युवा नेतृत्वको आबश्यकता माथी बहस हुँदैं आएको छ ।

यतीबेला देशका प्रमुख दुई दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेस भित्र पनि युवा नेतृत्वको आबश्यकता बारे छलफल सुरु भएको छ । आन्तरिक विवादमा फसेको सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेको बताएपछि नेकपा भित्र एक किसिमको तरङ्ग उत्पन्न भएको छ । त्यसले देशका आम युवाहरुमा एक प्रकारको आशाको संचार पनि भएको छ । भलै प्रधानमन्त्रीले आफ्ना दलका अन्य नेताको सेखी झार्नका लागि युवा नेतृत्वको प्रस्ताव गरेका हुन् तर पनि यसले एउटा बहस चाहिँ सुरु भएको कुरालाई नकार्न सकिदैन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस यती बेला महाधिवेशन गर्ने तयारीमा जुटेको छ । महाधिवेशनको तयारी सुरु भएसंगै काँग्रेस भित्र पनि युवा नेतृत्वको बहस जोडतोडले उठिरहेको छ । यसको मतलव त्याहाँ पनि नयाँ पुस्तालाई अब नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने बहस सुरु भएको छ । नेपाली काँग्रेसमा आशा लाग्दा युवा नेताहरु छन् , उनिहरुले हिम्तका साथ सबैलाई साथ लिएर अघि बढे भने नेतृत्व युवाको हातमा आउन सक्छ । अहिले देशभरिनै काँग्रेस भित्र युवा नेतृत्वको पक्षमा बहस सुरु हुनु सुखद् कुरा हो ।

हाम्रो देशमा युवा नेतृत्वको परिभाषा व्यक्ती र दल पिच्छे फरक फरक छन् । राजनैतिक दलहरुले आफु अनुकुल हुने गरि युवा नेताको परिभाषा गर्ने कुरा तँपाइ हामीलाइ थाहा भएकै कुरा हो । तर सामान्य अर्थमा भन्नु पर्दा बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । यो समुहका मानिसहरु बढी सिर्जनशिल हुन्छन् र राष्ट्रका लागि योगदान गर्न सक्छन् भन्ने आम मान्यता छ । यसको अर्थ अहिले नेतृत्व गरिरहेका पुस्ताले राष्ट्रका लागि केहि गरेनन् भन्ने होईन , उनिहरुले राष्ट्रका लागि ठुलो योगदान पु¥याएका छन् । उनिहरुकै कारण आज हामी एक स्वतन्त्र देशको स्वतन्त्र नागरिक भएर बाच्न पाएका छौं । यसका लागि उहाँहरु सधै सम्मानित हुनुहुन्छ । उनिहरुको योगदानको कदर गर्दै ससम्मान अब नेतृत्व युवा पुस्ताले लिनु पर्छ र अहिले नेतृत्व गरिरहेको पुस्तालाई सम्मानसाथ एउटा सल्लाहकारको रुपमा राख्नु पर्छ भन्ने भनाई हो । एउटा युवा भित्र राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामर्थ्य लुकेको हुन्छ । युवा भित्र भएको अथाह उर्जालाई यतीकै खेर जान दिनु हुँदैन । यो उर्जाको सदुपयोग राज्यले गर्नुपर्छ । त्यस कारण पनि युवा नेतृत्वको बहस सुरु भएको हो ।

नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० बर्षको वर्ग युवा मानिन्छ । नेपालमा ०६८ को जनगणना अनुसार १६ देखि ४० वर्षको संख्या ४०.३५ प्रतिशत (१ करोड सात लाख) रहेको छ । तर पनि पछिल्लो केही दशक यता युवाहरुले मुलुकको नेतृत्व गर्न पाएका छैनन् । केहि अपवाद बाहेकलाई छाडेर हेर्ने हो भने युवाहरुको समय खाली नेताका कुरा सुन्ने , उनिहरुको पछि लाग्ने र जिउहजुरीमा बित्ने गरेको छ । मुलुकले युवाहरुको सिर्जनशिलता , उर्जा र भिजनलाइ सदुपयोग गर्न सकेको छैन । यो यतीकै खेर गईरहेको छ ।

त्यसो भए के हाम्रो देशमा नेतृत्व गर्न लायक युवा नेतानै छैनन् त ? के युवाहरुले आज सम्म अबसरनै नपाएका हुन् त ? त्यसो पनि होईन , सत्तारुढ दल भित्र र प्रतिपक्षी काँग्रेस भित्र यस्ता प्रशस्त संभावना बोकेका युवा नेताहरु छन् । जसलाइ हामीले नजिकबाट नियाली रहेका छौं , उनिहरु सांसद भएका छन् , मन्त्री भएका पनि छन् तर महत्वपुर्ण निर्णायक तहमा उनिहरु पुग्न नसक्दा समस्या उत्पन्न भएको छ । कुनै राजनितिक दल बिषेष भन्दा पनि युवाहरुले अब जर्वजस्त नेतृत्वका लागि हस्तक्षेप गर्नुपर्छ भन्ने कुरा हो ।

युवाहरुले नेपालमा अबसरनै नपाएको पनि होईन उप–निर्वाचन बाहेकको नतिजा हेर्दा स्थानीय तहमा ३९.६४ प्रतिशत (मेयर १७.७४ प्रतिशत, उपमेयर ३७.८८ प्रतिशत गापा अध्यक्ष २४.३४ प्रतिशत उपाध्यक्ष ५१.५२ प्रतिशत), प्रदेश तहमा २३.६३ र राष्ट्रिय सभा ६.७७ प्रतिशत, संघिय संसदमा १३.०९ प्रतिशत युवाको प्रतिनिधित्व हेर्ने हो भने राष्ट्रिय सभा बाहेक अन्यमा सहभागिताको दृष्टीकोणले निराश हुनु पर्ने ठाउँ छैन । हो यही उत्साहलाइ कायम राख्दै अब युवाले मुलुकको प्रम्ख शाशकीय वागडोर सम्हाल्ने तर्फ अघि बढ्न आबश्यक देखिन्छ । अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा युवाको सहभागीता सुनिश्चित हुन सकिरहेको छैन ।

हुनत अहिलेको युवा पछि गएर बृद्ध हुन्छ , त्यो बेला फेरी त्यो बेलाको युवाले नेतृत्व लिन पर्छ । अविछिन्न उत्तराधिकारी वाला शाशन व्यवस्थामा योग्य शाशक निर्माण हुन धेरै समय लाग्न सक्छ त्यसकारण अहिले देखिनै युवाहरुलाइ नेतृत्व हस्तान्तरण गरियो भने त्यसले पुस्तौ सम्म एउटा राम्रो अभ्यासको जग बसाल्न सक्छ । यती कुरालाइ हरेक राजनैतिक दलले बुझ्न आबश्यक छ । युवा नरहेको, वृद्ध नभएको कोही पनि छैन तर सवाल हामी त्यो समयमा रहँदा भावी पुस्तालाई के सन्देश दियौँ भन्ने हो। युवा भनेको सबैको साझा नै हो , चाहे उ जुनसुकै पार्टीको, विचारको किन नहोस् । एउटा युवाले बोक्ने एजेण्डा सिंगो देशसँग जोडिएको हुनु पर्छ, सीमित स्वार्थ पाल्ने व्यक्तिले युवालाई एजेण्डा बनायो भने त्यसले नाफा र घाटामा हिसाव गर्न थाल्छ जसले गर्दा युवा शब्दमा व्यपार सुरु गर्छ । त्यसकारण यस्ता स्वार्थ जोडिएका मानिसहरु संग युवाहरु सचेत हुन आबश्यक छ । युवालाइ प्रयोग गरेर कयौ नराम्रा काम भएका दृष्तान्ट हामी सामु छन् । यस तर्फ युवा सचेत हुन आबश्यक छ । युवालाई राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसके राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्छ ।

हाम्रो मुलुकको अहिलेको जल्दो बल्दो समस्या भनेको युवाहरु विदेश पलायन हुनु हो । देशको सबै भन्दा बढी सक्रिय, उर्जावान र गतिशील समूह यसरी विदेश पलायन हुँदा यसले मुलुकलाइृ कती घाटा पुर्याएको होला यसको कुनै लेखा जोखा नै छैन । हुन त टन्न रेमिट्यान्स आएको छ भनेर हामी मख्ख हौंला तर क्षणीक मात्र हो , केहि समय मात्र रहन्छ । अहिले कोभिडको महामारकिा बेलामा लाखौ मानिसहरु रोजगार विहिन भएर घर फर्कीय । त्यसकारण यो चुनौतीलाइ सामना गर्दै मुलुकमानै रोजगार सिर्जना गर्नु सबैभन्दा बढी चुनौतकिो बिषय हो । वर्षेनी ५ लाख ३८ हजार युवाहरू रोजगारीका लागि विदेशिने गरेको तथ्यांक छ । यो दर प्रतिदिन १ हजार ५ सयको हाराहारीमा हुन आउछ । अहिलेको पुस्ताको नेतृत्वबाट तत्काल यस्ता समस्याको समाधान हुने छाँट देखिदैंन तसर्थ यसका लागि पनि युवा नेतृत्व स्थापित हुन आबश्यक छ । युवाहरुलाई स्वरोजगार बनाइ देशमानै राख्न सकियो भने मात्र देशको सम्बृद्धी संभव छ । देशको सम्बृद्धीको ठुला ठुला गफ गर्ने तर त्यस तर्फ सिन्को पनि नभाच्ने प्रवृत्तीले देश उँभो लाग्दैन । यसका लागि क्षमता , उर्जा र दृष्टीकोण सहितको युवा नेतृत्वको आबश्कता छ ।
युवा अबस्थाको उमेर भनेको सधै रहिरहने अबस्था पनि होईन । यो जिवनमा एक पटक प्राप्त गरिन्छ । यही समयको सहि सदुपयोग युवाले गर्नु पर्दछ । युवा भित्रको सिर्जनशिलता , जोश , जाँगर र क्षमतालाइ राज्यले उपयोग गर्न पाउनु पर्दछ । यसका लागि छुट्टै निति बन्न आबश्यक छ । यसका लािग पनि राज्यको निर्णायक तहमा युवाको सहभागिता आवश्यकता पर्दछ ।

हाम्रो पुस्ताको अघि कयौ चुनौतीहरु छन् । यस्ता चुनौतीहरुलाई क्रमैसंग समाधान गर्दै लैजानु पर्ने आबश्यकता छ । इसता चुनौतरिुको सामना गर्न बर्तमानमा भउको युवाको पोजिसनले सक्दैन । यसकारण अब राज्यका हरेक निकायहरुमा युवा सहभागिताको आबश्यकता छ । एकै किसमको उमेर समुहको मान्छेले लामो समय शाशन गरिरहँदा देश कुन अबस्थामा छ भनने कुरा छर्लङ्ग छ । त्यसकारण अब युवालाइ नेतृत्व दिन ढिला गर्नु हुन्न । अहिलेको युवा पुस्ताले मात्र हरेक समुदायका व्यक्तीहरुको आवाजलाइृ प्रतिनिधत्व गर्न सक्छन् । उनिहरु संग समस्याहरको समाधान गर्ने जोश र जाँगर संगसंगै योजना र दृष्टीकोण पनि छ । यस तर्फ अब सबैले ध्यान दिन आबश्यक छ ।

अन्त्यमा, अहिले देशमा चलिरहेको युवा नेतृत्वको बहसलाई एउटा सार्थक निष्कर्षमा पु¥याउन आबश्यक छ । यसका लागि सबै बिचार बोक्ने युवाहरु एकजुट हुन आबश्यक छ । नितिगत रुपमानै युवा सहभागिताको सुनिश्चितता हुन सके मात्र सबैको पालो आउने हो । त्यसकारण राज्यका महत्वपुर्ण निर्णायक तहहरुमा युवा नेतृत्व सहभागिताको नितिगत व्यवस्था गर्न तर्फ लागौं । यसो गर्न सकियो भने मात्र हामीले खोजे जस्तो सहभागिताको ग्यारेण्टी होला । युवाहरुनै एक आपसमा फुटेर अघि बढ्दा यसले हाम्रो पुस्ताको युवालाइ मात्र घाटा गर्दैन , भविष्यको पुस्तालाइ समेत यसले असर गर्छ । भोली हाम्रो छोरा छोरीको पुस्ताले हामीलाई नधिकारुन् त्यसकारण पनि अहिले एकजुट भएर युवा नेतृत्व स्थापित गर्न लागौं ।

( लेखक जेसी अरुणेश्वर खनाल नेपाल जेसीजका पुर्व राष्ट्रीय महासचिव र पुर्व राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष हुन् )

प्रकाशित : २०७७ मंसिर २४ गते १९:२२
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI