एउटा यस्तो जेल जहाँ जो पनि बस्न चाहन्छ !

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १९ गते २०:३१
एउटा यस्तो जेल जहाँ जो पनि बस्न चाहन्छ !
May 11, 2010 - Halden, Norway - Is this the ultimate prison break? The luxury lag jail for murderers and rapists boasting en-suite bathrooms, 1 million pound Banksy-style art and even windows without bars. That's the 'hard-time' waiting for some of Norway's most dangerous criminals in the new purpose built 15 million pound Halden Prison opened last month. The jail took 10 years to build and has been touted to be the most humane in the world for its 252 inmates. Prison authorities claim the luxury environment of the 75-acre site helps reduce the country's already very low crime rate. Each inmate gets a private cell with mini-fridge, flat-screen TV and even a private en-suite bathroom and barless windows, because they let in more sunlight. Then for every 12 to 15 rooms there is a top-spec kitchen with stainless steel work tops and lounge areas complete with IKEA-style sofas and coffee tables. To cap-off their stay at Halden the pampered prisoners can even enjoy a gym, complete with rock-climbing wall, a music studio and luxury library. (Credit Image: ? Caters News/ZUMA Press)

जेलमा बस्न कसलाई मन लाग्ला र ? अपराधीलाई राखिने ठाउँमा भद्रभलादमी मान्छे किन जान चाहन्थे र

तर यहाँ हामी यस्तो जेलको कुरा गर्दैछौं जहाँ न हतकडी छ, न खोर । यहाँ तपाईं मजाले स्वतन्त्रतापूर्वक घुमघाम गर्न सक्नुहुन्छ । यो संसारकै दयालु जेल हो ।

नर्वेमा रहेको यो जेलमा अपराधीहरूलाई सजाय दिनका लागि नभई सुधार्नका लागि राखिन्छ । यहाँ उनीहरूलाई प्रेम र आफ्नोपनको महसूस दिलाइन्छ जसले गर्दा उनीहरू अपराधकर्म छोडून् ।

हाल्देन भन्ने ठाउँमा रहेको यो जेललाई सन् २०१० मा सबभन्दा दयालु जेल भनी घोषणा गरिएको थियो । यो जेल बनाउनेहरूले यसमा हरियालीको व्यवस्था गरेका छन् ।

यहाँका झ्याल र ढोका काठले बनेका छन् अनि सबै कुरा व्यवस्थित छन् । यहाँ एकचोटि पुग्ने मानिसलाई यहीँ बस्न मन लाग्छ ।

जेलका कोठाहरू कलेजका होस्टेल जस्ता देखिन्छन् । पूर्ण रूपमा व्यवस्थित यो जेलमा कैदीहरूलाई पूरा ध्यान दिइन्छ ।

खराब मानिसलाई सुधार्नका लागि सामान्य व्यक्तिलाई जस्तो व्यवहार गर्नुपर्ने यो जेल डिजाइन गर्नेहरूको सोच हो ।

प्रशासनका साथसाथै यहाँका कैदीहरू पनि संयमित व्उवहार गर्छन् । उनीहरू आफ्नो खाना आफैं बनाउँछन् र सबै सामान सुसज्जित र सुव्यवस्थित राख्छन् ।

यो जेलमा भएको एक कोठमा सबै कैदी मिलेर भिडियो गेम्स खेल्छन् र टिभी हेर्छन् । यहाँ बास्केटबल खेल्ने ठाउँ र जिम पनि छ ।

संगीतप्रेमीहरूका लागि यहाँ गाना सुन्ने र गाउने ठाउँ पनि छ यहाँ । मनको शान्तिका लागि ध्यानकेन्द्र पनि छ ।
यस्तो जेलमा को बस्न नचाहला र ?

एजेन्सीको सहयोगमा

प्रकाशित : २०७७ मंसिर १९ गते २०:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI