थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५६७ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १९ गते १७:३०
थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५६७ पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ।

आज देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७७ मंसिर १९ गते १७:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI