No ads found for this position

तरुणदल र नेविसंघद्वारा कावासोतीमा राँके जुलुस प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १८ गते १९:०६
No ads found for this position
तरुणदल र नेविसंघद्वारा कावासोतीमा राँके जुलुस प्रदर्शन
No ads found for this position

कावासोती । तनहुँमा पुल उद्घाटन गर्न नदिएर आफ्ना नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भोलिपल्ट कावासोतीमा कांग्रेसका भातृ संस्था तरुण दल र नेविसंघले बिहीबार राँके जुलुस प्रदर्शन गरेका छन ।

नेविसंघ, तरुण दलसहित कांग्रेस कार्यकर्ताले बिहीबार साँझ कावासोती बजारमा सरकारविरोधी नारा लगाउँदै राँके जुलुस प्रदर्शन गरेका थिए । उनीहरुले भ्रष्ट ओली सरकार राजीनामा दे, कम्युनिष्ट सरकार मुर्दावादजस्ता नारा लगाएका थिए ।

कावासोतीस्थित ईन्द्र  चोकबाट शुरु भएको जुलुस जिल्ला प्रहरी कार्यालय हुँदै फलफूल चोकमा टुंगिएको थियो । बुधबार तनहुँको एउटा पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको कार्यक्रममा सरकार सर्मथकहरुले अवरोध गरेपछि सुरक्षाको कारण भन्दै प्रहरीले पौडेललाई केहीबेर नियन्त्रणमा लिएर छोडेको थियो । त्यसकै विरोधमा अहिले यहाँ कांग्रेसले विरोध गरेको नेविसंघ जिल्ला उपाध्यक्ष लक्ष्मण रिजालले बताए ।

प्रकाशित : २०७७ मंसिर १८ गते १९:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI