पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १८ गते ७:३३
पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभए बताउँदै महाशाखाबाट जारी बुलेटिनमा हाल गण्डकी प्रदेश, बाग्मती  प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानहरुमा मौसम आंशिक बदली रहनेछ।

शनिबार देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ।

प्रकाशित : २०७७ मंसिर १८ गते ७:३३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI