No ads found for this position

सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते २०:५०
No ads found for this position
सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम
No ads found for this position

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ ।

विभागले सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुला गरिएको जनाएको छ । विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ ।

यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ ।

त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ ।

प्रकाशित : २०७७ मंसिर १७ गते २०:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI