कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखायो: नेता नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते १८:२५
कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखायो: नेता नेपाली

काठमाडौं । नेपाली काङ्ग्रेस संसदीय दल गण्डकीले  वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको भत्सर्ना गरेको छ । मोटरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले आज दिउँसो नियन्त्रणमा लिएको छ ।

दलका नेता कृष्णचन्द्र नेपालीले एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखाएको बताए । ‘सत्तारुढ दलको आपसी खिचातानीले सिङ्गो सिस्टमप्रति नै वितृष्णा बढाइरहेको अवस्थामा एकदलीय कम्युनिस्ट चरित्र प्रदर्शन गर्दै प्रशासनले जुन नाङ्गो दमन गर्‍यो त्यसको घोर भत्सर्ना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

यसै बिच दिउसो नियन्त्रणमा लिईएका पौडेल अहिले भने रिहाई भएका छ्न । रिहाई लगत्तै पौडेलले पत्रकार सँग कुराकानी गर्दै सरकारले दम्भ देखाएको बताएका छ्न । कुराकानीमा पौडेलले बिहिवार पुलको उदघाटन गरिने समेत बताएका छ्न ।

प्रकाशित : २०७७ मंसिर १७ गते १८:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI