आजको मौसमः पहाडी भूभागमा आंशिक बदली

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते ८:२१
आजको मौसमः पहाडी भूभागमा आंशिक बदली

हाल बाग्मती  प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिनभर नै बाग्मती  प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै रातिको समयमा गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : २०७७ मंसिर १७ गते ८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI