चाङ’इ– ५ रोबोट ल्याण्डर चन्द्र धरातलमा सफलतापूर्वक अवतरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते ७:५८
चाङ’इ– ५ रोबोट ल्याण्डर चन्द्र धरातलमा सफलतापूर्वक अवतरण
(190112) -- BEIJING, Jan. 12, 2019 (Xinhua) -- Photo taken by the rover Yutu-2 (Jade Rabbit-2) on Jan. 11, 2019 shows the lander of the Chang'e-4 probe. China announced Friday that the Chang'e-4 mission, which realized the first-ever soft-landing on the far side of the moon, was a complete success. With the assistance of the relay satellite Queqiao (Magpie Bridge), the rover Yutu-2 (Jade Rabbit-2) and the lander of the Chang'e-4 probe took photos of each other. (Xinhua/China National Space Administration)

चीनको बहुमहत्वाकांक्षी चन्द्रमा अन्वेषण अभियान (Chinese Lunar Exploration Program (CLEP)) अन्तर्गत चन्द्रमामा पठाइको अन्तरिक्ष मिसन चाङ’इ– ५ को रोबोटयुक्त ल्याण्डर (Chang’e-5 probe)  ले सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको छ ।

चन्द्रमाको ‘आँधीहरुको समुद्र’ भनेर चिनिने विशाल ज्वालामुखीय मैदान आसेनस प्रोसेलारमको रुमकेर क्षेत्रमा सो ल्याण्डरले मंगलबार बेलुकी अवतरण गर्न सफलता प्राप्त गरको हो । उक्त कुराको जानकारी चीनको नेशनल स्पेश एडमिनिस्ट्रेसनले दिएको हो ।

दक्षिण चीनको हाइनान प्रान्तबाट गत २४ नोभेम्बरमा शुरु भएको चीनको उक्त अन्तरिक्ष अभियानको आठौं दिनमा चीनको अन्तरिक्ष अभियानले सो सफलता प्राप्त गरेको हो ।

यसअघि नै चीनको  आफ्नो चाङ’इ– ३ अभियानअन्तर्गत राबोटिक ल्याण्डर र रोभरलाई १४, डिसेम्बर २०१३ मा सफलतापूर्वक अवतरण गराएर चन्द्रमामाथि विजयप्राप्त गर्ने पृथ्वीको तेस्रो राष्ट्रको रुपमा आफ्नो नाम दर्ज गराइसकेको छ । अझ त्योभन्दा अघि बढेर उसले चाङ’इ– ४ अभियानअन्तर्गत चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा ल्याण्डर र रोभरलाई ३ जनवरी २०१९ मा सफलतापूर्वक अवतरण गराई अन्तरिक्ष विज्ञानको इतिहासमा आफूलाई पहिलो र अब्बल राष्ट्रको रुपमा नाम दर्ज गराइसकेको छ ।

चाङ’इ– ५ अन्तर्गत चीनको यस चन्द्र अभियान यसका अघिल्ला अभियानभन्दा यस अर्थमा पनि फरक छ कि चन्द्रमामा पठाएको यानलाई पुनः पृथ्वीमा फकाउने गरी थालिएको यो उसको पहिलो अभियान हो । त्यसमाथि थप, यस अभियानको मुख्य उद्देश्य चन्द्रमाको सतहको २ मिटरभित्रबाट २ किलोग्राम माटो तथा ढुंगाका नमूना संकलन गर्ने पनि रहेको छ । त्यसो त सन् १९७६ ति नै रुसले ‘लूना २४’ अन्तरिक्ष अभियानअन्तर्गत चन्द्र धरातलमा रोबोट पठाएर माटो तथा ढुंगाको नमूना संकलन गरिसकेको हो । रुसपछि अमेरिकाले त अझ अघि बढेर एपोलो–११ मार्फत् मानिसलाई नै चन्द्रमामा अवतरण गराएर चन्द्र धरातलको माटो तथा ढुंगाहरुको नमूना संकलन गरिसकेको छ । त्यसयता कुनै पनि मुलुकले चन्द्रमाबाट नमूना ल्याउन सकेको छैन । यस अर्थमा आगामी १६–१७ डिसेम्बरमा पृथ्वीमा यान फर्काने लक्ष्य राखिएको चीनको यो अभियान सफल भयो भने त्यसरी चन्द्र धरातलको नमूना पृथ्वीमा ल्याउने तेस्रो मुलुक पनि चीन नै बन्ने छ ।

तत्कालीन सोभियतसंघ र अमेरिकापछि चीन तेस्रो मुलुक हो, जसले चन्द्रमामा सफलतापूर्वक आफ्ना अन्तरिक्ष मिसनलाइ अवतरण गराउन सफल भएका छन् । यसअघि भारत तथा इजरायलका एक निजी कम्पनीले पनि चन्द्रमामा आफ्नो यान पठाउने कोशिश गरेको थियो तर ती दुवै असफलतामा टुंगिएको थियो । यो दशकमा चन्द्रमामा आफ्ना यानलाई सफलतापूर्वक अवतरण गराउने एक मात्र मुलुक पनि चीन मात्रै हो ।

अहिलेको घटनाले अन्तरिक्ष विज्ञान तथा विज्ञान–प्रविधिको क्षेत्रमा चीनले ठूलो फड्को मारेको देखाउँछ । यसले अन्तरिक्ष विज्ञानमा रुस र अमेरिकाले कायम गरेको आधिपत्यलाई पनि तोड्न चीन सक्षम बन्दै गएको कुराको पनि संकेत गरेको छ ।

अहिले चीनले चन्द्रमाको जुन क्षेत्रमा आफ्नो रोबोटिक यानलाई अवतरण गराएको छ, त्यो क्षेत्रको चट्टान तथा माटो ३.२ देखि ४ अरब वर्ष पुरानो रहेको विश्वास वैज्ञानिकहरुले गरेका छन् । यो चन्द्रमाको त्यो क्षेत्र हो, जहाँ अहिलेसम्म मानिस वा मानिसले पठाएका यन्त्रहरु पुग्न सकेका छैनन् । यसले चन्द्रमाको ज्वालामुखीय गतिविधिहरुलाई बुझ्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसअघि चन्द्र धरातलमा आफ्ना यान–रोभरहरुलाई सफलतापूर्वक अवतरण गराइसकेको चीनको लागि सबैभन्दा चुनौतीपूर्ण कुरा चाहिँ यानको अवतरण गरेको भागलाई चन्द्रमाबाट उडाउनु हुनेछ । चीनको अन्तरिक्ष अभियानमा नै पहिलो पटक गरिन लागिएको यो क्रियाको सफलतामा नै चीनको चाङ’इ– ५ अभियानको सफलता निहित रहेको छ । त्यसरी चन्द्र धरातलबाट पृथ्वीमा फिर्ता हुन उडेको यानको भाग पृथ्वीबाट करिब ३ लाख ८० हजार किलोमिटर पर, चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको अन्तरिक्ष यानको मुख्य भागसँग जोडिनेछ । तत्पश्चात् त्यो अन्तरिक्ष यान पृथ्वीमा फर्केर उत्तरी चीनको मंगोलिया स्वायत्त क्षेत्रस्थित अवतरण स्थलमा आउनेछ ।

चीनको यो अभियान सफल भयो भने त्यसले अन्तरिक्षमा रहेको रुसी तथा अमेरिकी एकाधिकारवादी दबदवालाई अन्त्य गर्नेछ । यसले भविष्यमा चीनका लागि चन्द्रमामा आफ्ना अनुसन्धान केन्द्रहरु स्थापना गर्ने सम्भावनाको मार्ग पनि खोलिदिनेछ ।

यस अभियानको सफलताले भविष्यमा चीनलाई मानवसहितको अन्तरिक्ष अभियानमा अघि बढ्नका लागि पनि ढोका खोलिदिनेछ । यद्यपि, मानवसहितको अन्तरिक्ष अभियान मानवरहित अभियानजस्तो सजिलो र जोखिमरहित हुनेछैन । त्यसका लागि चीनले निक्कै ठूलो परिश्रम र तयारीहरु गर्नुपर्ने हुन्छ । तर पछिल्ला दशकमा चीनले अन्तरिक्ष इन्जिनियरिङ र प्रविधिमा जुन दक्षता र अग्रता हासिल गर्दै गइरहेको छ, त्यो हेर्दा उसका लागि मानवसहितको अन्तरिक्ष अभियान सञ्चालन गर्नु सुदुर क्षितिजकै कुरा चाहिँ पक्कै पनि हुनेछैन ।

स्मरण रहोस्, चाङ’इको अर्थ चिनियाँहरुले चन्द्रमाकी देवीको रुपमा लिने गर्छन् ।

एजेन्सीहरुको सहयोगमा . Title Photo: http://www.xinhuanet.com

प्रकाशित : २०७७ मंसिर १७ गते ७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI