टिकटकबाट यसरी हुन्छ कमाई

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १६ गते २२:०४
टिकटकबाट यसरी हुन्छ कमाई

काठमाडौं । आजकल हामीमाझ टिकटक प्रयोग नगर्ने मानिसहरु एकदमै कम छन् । भिडियो क्लिपमा आफ्नो कला प्रस्तुत गरेर सबैमाझ परिचित हुन होस् वा टिकटकमा आउने रमाइला भिडियो सामग्रीहरु हेरेर आफ्नो समय व्यतित गर्न, टिकटक अकाउन्ट हरकोहीले खोल्न थालेका हुन्छन् ।

आइतबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलि पनि टिकटकमा जोडिएका छन् । युवा पुस्तामाझ लाेकप्रिय बनिरहेकाे टिकटकले नेपालमा पनि धेरैलाई सेलिब्रेटी बनाइदिएको छ । सुरुमा टिकटक मन नपराउनेहरु पनि आजकल यसैमा झुम्मिन थालेका छन् ।

तर टिकटकबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा छैन । केही हप्ताअघि मात्र अमेरिकाकी १६ वर्षीया किशोरी चार्ली डी अमेलियोले टिकटकमा पहिलोपटक १० करोड फलाेअर पुर्‍याएर टिकटकको इतिहासमा नयाँ इतिहास रचिन् ।

टिकटककी सेन्सेसन चार्ली एक डान्सर हुन् । टिकटक फ्यान फलाेअर बढेसँगै चार्लीले प्रत्येक भिडियोबाट करिब २५ हजार डलर कमाउने गरेको अन्तराष्ट्रिय मिडिया डिस्ट्रयाक्टीफाईमा उल्लेख छ ।

फोर्ब्सका अनुसार २०१९ देखि २०२० को अवधिमा चार्ली टिकटकबाट पैसा कमाउने विश्वको दोस्रो टिकटकर थिइन् । सो अवधिमा उनले ४० लाख अमेरिकी डलर कमाउन सफल भएकी थिइन् । सो अवधिमा पहिलो स्थानमा रहेकी एडिसन रेइले ५० लाख अमेरिकी डलर कमाएकी थिइन् ।

याे त एक शीर्षस्थ टिकटकरहरुको कमाइको कुरा भयाे । यी बाहेक पनि हामीमाझ कति यस्ता टिकटकर छन्, जसले आफ्नो भिडियो र टिकटकका फ्यान फलाेविङबाट धेरैभन्दा धेरै पैसा कमाइरहेका छन् ।

टिकटक जति व्यापक र लोकप्रिय बन्दैछ यसबाट पैसा कमाउन सकिने स्रोत र आधारहरु पनि त्यति नै व्यापक बन्दै गइरहेको छ । आज हामी तपाईंलाई टिकटकका यी स्रोत प्रयोग गरेर पैसा कमाउने केही उपायहरु बताउँदै छौं ।

१. फलाेअर बढाउने र बेच्ने

टिकटकबाट पैसा कमाउने पहिलो माध्यम भनेको आफ्नो टिकटक अकाउन्टलाई बढाएर त्यसलाई बेच्नु हो । तर यो सबै किसिमका टिकटकरका लागि सम्भव छैन । आफ्नो अकाउन्ट तिनै टिकटकरले मात्र बेच्न सक्छन्, जसको फ्यान फलाेअर धेरै छन् ।

विदेशतिर एक लाख फल्लोअर भएका टिकटक अकाउन्टको मूल्य हजारदेखि दुई हजार डलरसम्ममा बेच्ने गरेकाे पाइन्छ । तपाईंको अकाउन्ट तपाईंको ट्रेड मार्क जस्तै हो । यसमा जति धेरै फलाेअर हुन्छन्, मूल्य त्यति नै धेरै हुन्छ ।

अकाउन्ट बेच्ने परम्परा पश्चिमा मुलुकहरुमा धेरै छ । तर नेपालतिर यसको अभ्यास त्यति देख्न पाइन्न । टिकटक अकाउन्ट बेच्नलाई विभिन्न किसिमका प्लेटफर्महरु छन् । जसमा फेम स्वाप डटकम एक हाे ।

२. ब्राण्ड स्पोन्सरसिप

टिकटकमा लोकप्रिय र धेरै फ्यान फलाेअर भएका टिकटकरहरुले ब्राण्ड स्पोन्सरसिपबाट पनि पैसा कमाउन सक्छन् । तर यसका लागि ब्राण्डले उनीहरुलाई अप्रोच गर्नुपर्दछ । यदि तपाईंको फल्लोअर्स एक लाखदेखि १० लाखको बीचमा छन् भने तपाईंले ब्राण्ड स्पोन्सरसिप लिएर कमाई गर्न सक्नुहुन्छ ।

नेपालमा जुम्ल्याहा जाेडी प्रिश्मा/प्रिन्सी खतिवडा, दीपा/दमन्ता श्रेष्ठ लगायतले बेलाबेला ब्राण्ड मार्केटिङ गरेकाे भिडियाे टिकटकमा राख्ने गरेका छन् ।

ब्राण्डबाट अप्रोच गराउनका लागि सबैभन्दा पहिले आफ्नो बायोलाई इडिट गर्नुपर्छ । बायोमा आफ्नो वास्तविक नाम, आफ्नो बारेमा एक लाइन र तलपट्टि बिजनेस इन्क्वाइरी ईमेल भनेर आफ्नो भेरिफाइड आधिकारिक ईमेल अकाउन्ट बनाउनुपर्छ ।

यदि कुनै पनि ब्राण्डको पीआर एजेन्सीले तपाईंको प्रोफाइलमा जाँदा प्रोफाइल जेन्युन हो वा हैन भनेर  हेर्छ । वास्तविक लागेको खण्डमा तपाईंलाई सम्पर्क गरी ब्राण्ड स्पोन्सरसिप गराउँछ ।

ईमेलबाट तपाईंले उसको स्पोन्सरसिपलाई स्वीकार्न सक्नुहुन्छ । तपाईंलाई अफर गरिने शुल्कमा आफ्नो फ्यान फलाेविङलाई आधार मानेर तोलमोल समेत गर्न सक्नुहुन्छ ।

३.  क्रस प्रोमोटिङ 

हरेक टिकटक अकाउन्टको ‘फलाे’ बटन नजिक एउटा बटन हुन्छ, जसमा तपाईंले आफ्नो इन्स्टाग्राम वा युट्युव अकाउन्ट अट्याच गर्न सक्नु हुन्छ । यो फिचरको भरपुर फाइदा उठाउनुहोस् । यसबाट तपाईंको टिकटक फलाेअरहरु युट्युव वा इन्स्टाग्राम अकाउन्टमा आउने छन् ।

तपाईं एउटा राम्रो टिकटकर हुनुहुन्छ र तपाईंको फ्यान फलाेविङ जेन्युन छन् भने उनीहरु तपाईंको व्यक्तिगत जीवनको बारेमा समेत रुचि राख्छन् ।

यस्तोमा तपाईंले युट्युवमा पर्सनल भ्लगहरु राखेर टिकटर र युट्युव दुवैतिर फ्यान बटुल्न सक्नु हुन्छ । भ्युअरको आधारमा युट्युवबाट पनि तपाईंले पैसा कमाउन सक्नुहुन्छ ।

तर आफ्नो टिकटक भिडियोको कम्पाइल गरेर युट्युवमा कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्दा तपाईंको युट्युव मोनिटाइज हुँदैन । तपाईंलाई उल्टै कपीराइट क्लेम लाग्न सक्छ ।

४. गो लाइभ

टिकटकमा लाइभ जाने एउटा अप्सन पनि हुन्छ । यसबाट पनि तपाईंले पैसा कमाउन सक्नुहुन्छ । तर यदि तपाईको अकाउन्टमा एक हजार फलाेअर छैनन् भने तपाईंले लाइभ जाने अप्सन देख्न सक्नुहुन्न ।

लाइभ जाँदा कमाउने तरिका युट्युवको सुपर च्याट जस्तै छ । टिकटकमा क्वाइन खरिद गर्ने एउटा अप्सन हुन्छ ।

जब तपाईं लाइभमा आउनुहुन्छ, तब तपाईंको फ्यानहरुले टिकटकको क्वाइन खरिद गरी त्यसले कमेन्ट सेक्सनमा रहेको स्टिकर अप्सन खरिद गरेर तपाईंलाई गिफ्टको रुपमा पठाउँछ । ती गिफ्टको पैसा तपाईंले आफ्नो अकाउन्टमा ल्याउन सक्नुहुन्छ ।

५. कन्सल्टेसन सर्भिस

यदि तपाईं टिकटकमा प्रो हुनुहुन्छ भने टिकटकमा फ्यान फलाेविङ बढाउने तिकडमहरु तपाईंलाई राम्रोसँग थाहा होला । मानिसहरुलाई टिकटकबाटै विभिन्न किसिमका परामर्श दिएर पनि तपाईंले भ्युअर बढाएर पैसा कमाउन सक्नुहुन्छ ।

टिकटकमा पैसा कमाउने सबैभन्दा उत्तम विधि भनेको केही नयाँ गर्नु नै हो । ताकि तपाईंको अकाउन्ट र भिडियो सामग्रीलाई मानिसहरुले मन पराएर फ्यान फलाेअर बढ्न सकोस् । फ्यान फलाेविङ बढेपछि तपाईंले माथिका उपायहरु प्रयोग गरेर पैसा सजिलै कमाउन सक्नुहुन्छ ।

प्रकाशित : २०७७ मंसिर १६ गते २२:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI