नारायणघाट बुटवल सडक आयोजनाका मजदुर काममा फर्किए( सहमति पत्र सहित )

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १६ गते १८:५१
नारायणघाट बुटवल सडक आयोजनाका मजदुर काममा फर्किए( सहमति पत्र सहित )

कावासोती  : काम लगाएर पनि ज्याला नदिएको भन्दै आन्दोलनमा उत्रिएका नारायणगढ बुटवल सकड आयोजनाका कामदार र आयोजना व्यवस्थापक वीच आज सहमति भएको छ ।

सहमति सँगै काम पुन सुचारु हुने भएको छ । केही अति आवश्यक मागहरु एक हप्ताभित्र कार्यान्वयन गरिने गरी आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा छलफल पछि सहमति भएको हो ।

सहमति पत्रमा हस्ताक्षरपछि कामदारहरु काममा फर्किएका हुन । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पगेनी सहितको उपस्थितीमा मजदुरहरुको न्यूनतम काम गर्ने अवधि ८ घण्टाको हुने, ८ घण्टा भन्दा बढी काम लगाएमा १.५ गुणाको दरले प्रतिघण्टा ओभर टाइम गनिने, शनिवार काम गरेको ओभर टाइम १.५ गुणाले दिने, प्रत्येक कामदारको न्यूनतम सेवा सुविधा र क्षतीपूर्ति उल्लेख गरी सम्झौता गर्ने, साइटमा काम गर्ने मजदुरहरुलाई सुरक्षाका न्यूनतम सामाग्री उपलब्ध गराउने, प्रत्येक कामदारको दुर्घटना बीमा गर्ने, कामको सिलसिलामा घाइते अस्वस्थय भएमा तत्काल उपचारको व्यवस्था गर्ने, कामदारलाई अनिवार्य परिचय पत्र उपलब्ध गराउने रहेको छ ।

भावि मागमा मजदुर ल्याउन लैजान यातायातको सुविधा हुनुपर्ने, क्षमताको आधारमा पारिश्रमिक पाउनुपर्ने र श्रम ऐनले तोकेको सेवा सुविधा उपलब्ध गराउने रहेको छ ।

यसरी मजदुर पक्ष र व्यवस्थापन पक्षवीच भएको सहमति कार्यान्वयन भएको नभएको अनुगमन गर्न ५ सदस्यीय समिति समेत बनाइएको छ ।

प्रकाशित : २०७७ मंसिर १६ गते १८:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI