No ads found for this position

फेरि अर्को गैंडा मृत फेला, चालू आ.वमा मर्ने गैंडाको संख्या १७ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १५ गते २१:३५
No ads found for this position
फेरि अर्को गैंडा मृत फेला, चालू आ.वमा मर्ने गैंडाको संख्या १७ पुग्यो
No ads found for this position

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने र मारिने क्रम रोकिएको छैन । सोमबार एउटा बृद्ध गैंडा मृत फेला परेको छ । निकुञ्जको भित्री कोर ईलाका रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारामा ३४/३५ वर्षको भाले गैंडा मृत फेला परेको हो ।

सो गैंडा बुढो भएर कालगतिले मरेको आँकलन गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो । उक्त गैंडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमित रुपमा देखिने गरेको र नियमित रेखदेखमा नै रहेको अधिकारीले  बताउनु भयो । गैंडाको खाग खुर सुरक्षित रहेको छ ।

योसँगै चालु आर्थिक वर्षमा निकुञ्जमा प्राकृतिक कारणले १३ र चोरीशिकारीबाट चार गरी १७ गैंडा मरेका छन् ।-File photo

प्रकाशित : २०७७ मंसिर १५ गते २१:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI