पशुपतिनाथको मन्दिर पुस १ गते बाट खुल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १५ गते १९:३५
पशुपतिनाथको मन्दिर पुस १ गते बाट खुल्ने

काठमाडौं, १५ मंसिर । पशुपतिनाथको मन्दिर पुस महिनाबाट खुल्ने भएको छ । कोरोना भाइरसको जोखिमका कारण गत वर्षको चैत्र महिनादेखि बन्द रहेको मन्दिर खोल्ने तयारी भएको हो ।

पशुपति क्षेत्र विकास कोषले भौतिक दूरी कायम गरी कोभिड १९ सम्बन्धी सबै किसिमका स्वास्थ्य सुरक्षाको विधि अपनाएर मन्दिर खोल्ने निर्णय गरेको हो । राससलाई कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पुस १ देखि मन्दिर खोल्ने जानकारी दिए । कोषले मन्दिर प्रवेश गर्न भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्ड तयार गरेको जानकारी दिए । भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गरी अर्को ढोकाबाट निकाल्ने व्यवस्था मिलाइनेछ ।

मन्दिर खोल्न आवाज उठ्दै आएको थियो । तर, ११ चैत्रबाट लकडाउनसँगै मन्दिर बन्द गरी खोलिएको थिएन । कोरोना जोखिमका कारण मन्दिर नखोलिएको हो ।

प्रकाशित : २०७७ मंसिर १५ गते १९:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI