No ads found for this position

काङ्ग्रेस संसदीयदलका नेता नेपालीको पहलमा तनहुँ गैंडाकोट जोडने पक्की पुल बन्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १५ गते १९:१४
No ads found for this position
काङ्ग्रेस संसदीयदलका नेता नेपालीको पहलमा तनहुँ गैंडाकोट जोडने पक्की पुल बन्ने
No ads found for this position

नवलपरासी, १५ मंसिर । पूर्वी नवलपरासीको गैडाकोटबाट तनहु जोडने पक्कि पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सभामा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीको पहलमा गैडाकोटको ढोडेनीवाट तनहुको कालिकाटार जोडने (कालिगण्डकी नदीमा) पक्कि पुल निर्माण हुने भएको हो ।

प्रदेश सभा सदस्य कृष्ण चन्द्र नेपाललीले सोमबार त्यहा बन्ने पक्कि पुलकालागि सरकारी प्राबिधिक टालीले दोश्रो चरणको सर्भेको काम सकेको जानकारी दिए ।

उनले दुई जिल्ला (तनहु र पुर्वी नवलपरासी) जोडने पक्कि पुलकालागि आउदो २ महिना भित्र टेण्डर भएर काम शुरु भैसक्ने जानकारी दिए । सरकारी इन्जिनियर सहित नेपाली सोमबार त्यहा स्थलगत निरिक्षण र अन्तिम नाप नक्साकालागि पुल निर्माण स्थलमा पुगेका थिए ।

नेपालीको निर्वाचन क्षेत्र र तनहु जोडने पुलले दुबै तिरका स्थानिय बासिन्दा लाभान्वित हुने जानकारी दिए । त्यहा निर्माण हुने पक्कि पुलका लागि आफुले प्रदेश सरकारवाट पुल निर्माणको योजना छनौटमा परीसकेको जानकारी दिए ।

प्रदेश सरकारको उच्च प्राथामिकतामा परेको र एक वर्ष भित्र पुल निर्माण भैसक्ने नेपालीले जानकारी दिए ।

यो समेत नवलपरासी र तनहु जोडने पक्कि पुल ३ वटा हुने भएको छ । दुई जिल्ला जोडने कालिगण्डकीमा यस अघि नै २ वटा पुल निमार्ण भैसकेको छ ।

प्रकाशित : २०७७ मंसिर १५ गते १९:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI