थप २५ संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १४ गते १६:३२
थप २५ संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो

काठमाडौं– नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार २ सय ५५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।

गत २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख २७ हजार ८ सय ३६ पुगेको छ।

हाल ६ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७७ मंसिर १४ गते १६:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI