२४ घन्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु, १७ सय ३ जनामा संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १२ गते १६:४७
२४ घन्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु, १७ सय ३ जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १७ सय ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ।

१७ हजार २३७ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार १७ हजार २३७ जना आइलोसनमा र ६०१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १२ सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।

शुक्रबार कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या  १४ सय ३५ पुगेको छ।

प्रकाशित : २०७७ मंसिर १२ गते १६:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI