No ads found for this position

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबू पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १२ गते १६:२४
No ads found for this position
आफ्नै छोरीलाई बलात्कार गर्ने बाबू पक्राउ
No ads found for this position

कास्की, १२ मंसिर । आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन् । १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको र मंसिर ६ गते एउटा होटलमा लगेर जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेका थिए । उजुरीको आधारमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको बताएको छ ।

उनीमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर १२ गते १६:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI