काठमाडौं । स्वास्थ्य मन्त्रालयले यही मंसिर १५ गते ३९६ वटा पालिकामा १५–१५ शैयाको अस्पतालको शिलन्यास गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अस्पताल नभएका ६ सय ४९ स्थानीय पालिकाहरू मध्ये ३ सय ९६ वटा पालिकामा यही १५ गते अस्पताल शिलन्यास गर्ने निर्णय भएको बताउनुभयो ।
उहाँले बाँकी पालिकाहरूमा समेत ५–५ शैयाका अस्थायी अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रति पालिका १० लाख रूपैयाँका दरले रकम पठाई सकेको हुँदा तत्काल अस्पताल सञ्चालनको व्यवस्था मिलाउन सम्वन्धित पालिकाहरूलाई आग्रह गर्नुभयो ।
राज्यमन्त्री रावतले सबै पालिकाहरूमा अस्पताल निर्माण गर्ने सरकारको बहुवर्षीय योजना भएको हुँदा हाल विनियोजित रकम बाट अस्पतालको शिलान्यास गरी निर्माण कार्य अगाडि बढाउँदै गर्न आग्रह गर्नुभयो ।
प्रकाशित : २०७७ मंसिर ११ गते ९:०१
Facebook Comment