कावासोतीमा ४४ जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १० गते १६:३६
कावासोतीमा ४४ जना कोरोना संक्रमित थपिए

कावासोती ।पुर्वी नवलपरासीको कावासोतीमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले जनाए अनुसार कावासोतीमा गत सोमबार ७३ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाईएकोमा ३३ जना पुरुष र ११ महिला सहित थप ४४ जनामा संक्रमण पुष्टि भएको हो । ४४ जनामा २ जना देवचुली नगरपालिकाका र २ जना भरतपुर महानगरपालिकाका रहेका कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यो सँगै कावासोतीमा कोरोना संक्रमितको संख्या ६ सय २ पुगेको छ । नगरपालिकामा कुल संक्रमित मध्य ४ सय ४५ जना संक्रमण मुक्त भईसकेका छ्न भने सक्रिय संक्रमितको संख्या १ सय ६ पुगेको छ ।

प्रकाशित : २०७७ मंसिर १० गते १६:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI