बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १० गते ८:००
बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको निधन

काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को निधन भएको छ ।

हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

महोत्तरीको बर्दिबास— १४ शुभम बस्ती निवासी ६ वर्षीय बालिका गुलाब खातुनको हत्या भएपछि आन्दोलनमा उत्रिएका घाइते ३ जनालाई उपचारको लागि काठमाडौँ ल्याइएको थियो ।

६ वर्षीय बालिका गुलाब खातुनको हत्या भएपछि आन्दोलनमा उत्रिएका स्थानियहरुको भिड नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको थियो ।

बालिकालाई बलात्कारपछि हत्या गरिएको र प्रहरीको समेत मिलेमत्तो रहेको भन्दै स्थानियहरु आन्दोलित भएका थिए ।

बालिकाको हत्या भएपछि स्थानियहरु विरोधमा उत्रिएका थिए । गएराती खातुनको शव फेला परेपछि स्थानियहरु आक्रोशित भएका थिए ।

साथै, स्थानीयले बालिका हत्या आरोपित भनिएका बर्दिबास, गौशला ५ का २५ वर्षीय अरुण कुमार शाहलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई प्रहरीले संरक्षण गरिरहेको भन्दै आन्दोलित भएक स्थानियले शाहको घर समेत जलाएका छन् । उनको घर जलाएपछि स्थिति असामान्य भएको थियो ।

महोत्तरीको बर्दिबास— १४ शुभम बस्तीबाट आइतबार साँझदेखिख हराएकी शहिद आलमका छोरी गुलाब साह खातुनको शव बोरामा राखेर झाडीमा फालेको अवस्थामा सोमबार मध्य रातमा भेटिएको थियो ।

प्रकाशित : २०७७ मंसिर १० गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI