No ads found for this position

यौनीक तथा लौङ्गिक अल्पसंख्यक बालबालिकाको मुलप्रवाहिकरण विषयक अभिमुखिकरण सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ८ गते २२:१८
No ads found for this position
यौनीक तथा लौङ्गिक अल्पसंख्यक बालबालिकाको मुलप्रवाहिकरण विषयक अभिमुखिकरण सम्पन्न
No ads found for this position

काठमाडौँ । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले सेभ द चिल्ड्रेनको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको संयोजनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वकालत , बाल अधिकारमा यौनीक तथा लौङ्गिक अल्पसंख्यक बालबालिकाको समावेशीकरण र बालमैत्री अवधारणमा सान्दर्भिकता बारे भर्चुअल अभिमुखिकरण आयोजना गरेको छ । सातै वटा प्रदेशका विकासका साझेदार संस्थाहरु , नागरिक संघ संगठन तथा जनप्रतिनिधीहरु सहित ६० प्रतिनिधिहरुको उपस्थितीमा यस अभिमुखिकरण सम्पन्न गरिएको हो । कार्यक्रमको सहजीकरण बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेलले गर्नुभएको थियो भने बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चकी सदस्य विपना शर्माले स्वागत मन्तव्यका साथ उद्देश्यमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बाल अधिकार, उपलब्धी र यौनीक तथा लौङ्गिक अल्पसंख्यक बालबालिकाको समावेशीकरणका विषयमा निल हिर समाजकी भुमिका श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो । साथै बाल अधिकारका क्षेत्रका विज्ञ तारक धितालले बालमैत्री स्थानीय शासनसँग सम्बन्धित तथा लैङ्गिक तथा यौनीक अल्पसङ्ख्यक बालबालिकाको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वकालतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
स्थानीय सरकारको नेतृत्व सहित सम्पुर्ण बालबालिकाको अधिकार प्रभावकारी तथा दिर्घकालिन रुपमा स्थापीत गर्न उद्देश्य लिएको बालमैत्री स्थानीय शासनको अवधारणामा लैङ्गिक तथा यौनीक अल्पसङ्ख्यक , अपाङ्गता भएका साथै अन्य सीमान्तकृत बालबालिकालाई विषेश स्थान दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सम्बन्धित सरोकारवालाहरुको यस अभिमुखिकरण मार्फत क्षमता अभिवृद्धि गरिएको थियो ।
कार्यक्रममा नवराज वि. सि , प्रकाश शाही, निर्माला चौधरी लगाएतका विभिन्न सहभागीहरुले बाल अधिकार सम्बन्धी जिज्ञासा राख्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति छिटो पारित गर्नुपर्ने , बालबालिकाको लागी बजेटलाई खर्च हैन लगानीको रुपमा लिनुपर्ने , लगानी गर्दा यौनीक तथा लौङ्गिक अल्पसंख्यक बालबालिकालाई ध्यान दिनुपर्ने तथा समावेशीकरणको मुद्दा सबैको साझा हुनुपर्ने सवाहरु उठाएका थिए ।
बालमैत्री स्थानीय शासनको अवधारणाको प्रबद्र्धन र स्थापना गर्न सन् २०१७ मा सातै वटा प्रदेशका प्रतिनिधिहरुका साथ स्थापित बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको सचिवालय जागृति बाल तथा युवा सरोकार नेपालमा रहेको छ ।

प्रकाशित : २०७७ मंसिर ८ गते २२:१८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI