विभिन्न भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली
NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ८ गते ८:३५
काठमाडौं : हाल देशको पश्चिम क्षेत्रका उच्च हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।
त्यस्तै अन्य प्रदेशका पहाडी भूभागहरुको मौसममा आंशिक बदली रहेको छ । त्यसैगरी देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । बाँकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहनेछ ।
त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी आज राती सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहनेछ । त्यसैगरी देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहनेछ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रकाशित : २०७७ मंसिर ८ गते ८:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by:
SAROJ BHATTARAI
Facebook Comment