काङ्ग्रेसले काङ्ग्रेस हराउँदा यो अवस्था आयो : कमल आचार्य

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ७ गते १०:२१
काङ्ग्रेसले काङ्ग्रेस हराउँदा यो अवस्था आयो : कमल आचार्य

केशव तिवारी
चितवन । १५ औं शान्ती सम्झौता दिवशका अवशर पारेर गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट चितवनले शनिबार कालिका नगरपालिका – २ पदमपुरमा दिप प्रज्वलन तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति जितनारायण श्रेष्ठ, बिशिस्ट अतिथि पुर्व जिल्ला सभापती टेकप्रसाद गुरुङ रहनु भएको थियो भने अतिथिहरुमा चितवनका पुराना नेता कृष्णलाल सापकोटा ,पृथ्वीमान गुरुङ, पुर्व राज्यमन्त्री शेषनाथ अधिकारी, पुर्व सांसद रामकृष्ण घिमिरे, लगायत राजेश्वर खनाल, सरोज गुरुङ, गिता गुरुङ, प्रकाश अधिकारी, राजेन्द्र बुर्लाकोटी कुमार कार्की राजु श्रेष्ठ लगायत नेकपाका प्रतिनिधि प्रदेश सभा सदस्य घनश्याम दाहालको समेत उपस्थिति रहेको थियो ।

जिपि फाउन्डेसन चितवन क्षेत्र नं २ का संयोजक छबिलाल ढकालले स्वागत मन्तब्य राख्दै सुरु भएको कार्यक्रममा सबै नेताहरूले गिरिजाप्रसाद कोईरालाले शान्ती सम्झौतामा हस्ताक्षर गरि जंगलमा रहेको माओवादीलाई शान्ती प्रक्रियामा ल्याउन खेलेको भुमिकाको चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नेकपाका प्रतिनिधि अतिथि प्रदेश सभा सदस्य माननीय घनश्याम दाहालले गिरिजाप्रसाद कोइराला नभएको भए देश अहिलेको स्थितिमा आउन नसक्ने बताउनु भयो । गिरिजाबाबू र प्रचण्डले शान्ती सम्झौतामा हस्ताक्षर गरेर संथागत गरेको राजनितिक उपलब्धी माथी प्रतिक्रियाबादी तेश्रो शक्ति हाबी हुन थालेको र उपलब्धि गुम्ने खतरा बढेको भन्दै पुन एकपटक पुर्व माओवादी र नेपाली काङ्ग्रेस एक हुनुपर्ने अवस्था आइसकेको उल्लेख गर्नु भयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापती जितनारायण श्रेष्ठले द्वन्द्वकालमा गाउँमा काङ्ग्रेस भएर बांच्नु पर्दा भोग्नु परेका पिडाहरुलाई स्मरण गर्दै शहरिया काङ्ग्रेस हरुले गाउँमा रहेका काङ्ग्रेसका पिडाहरुलाइ अझै पनि बुझी नसकेको बताउनु भयो ।

बिशिष्ठ अतिथी टेकप्रसाद गुरुङले अब सबै काङ्ग्रेसले गुट उपगुट छोडी एकपटक छातिमा हात राखेर सोच्ने बेला आइसकेको बताउनु भयो । गिरिजाबाबूको स्मरण गर्दै भन्नुभयो नेपालमा गणतन्त्र माओबादीले ल्याएको होईन, जंगलमा बसेको माओवादीलाई शान्ती प्रक्रियामा ल्याएर हस्ताक्षर गरि नेपालमा गणतन्त्रको सुरुवात गिरिजाबाबूले नै गर्नु भएको हो । त्यस्तै चितवनका पुराना काङ्ग्रेस नेता कृष्णलाल सापकोटाले भुमिका बिहिन लाखौं इमान्दार कार्यकर्ताहरुलाइ पाखा लगाएर अबको काङ्ग्रेस माथी जान नसक्ने र पदको लोभमा काङ्ग्रेस बनेका हरुले एकपटक कृष्णलाल सापकोटा जस्तै बनेर राजनिती गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति जिपि फाउन्डेसन चितवनका संयोजक कमल आचार्यले नेकपा एकजुट भएर काङ्ग्रेस पछि हुनु परेको नभइ काङ्ग्रेसले काङ्ग्रेसलाई नै अन्तर्घात गरेका कारण काङ्ग्रेसको यो अवस्था आएको बताउनु भयो । जवसम्म काङ्ग्रेस सच्चिएर अगाडी बढ्दैन तबसम्म यो अवस्था आइरहने हुँदा नेतृत्वले गल्ती गर्नेलाइ कारबाही र इमान्दार कार्यकर्तालाई सम्मान गार्न चुकेको बताउनु भयो ।

पदमपुरको निर्माणाधीन कृष्ण मन्दिरको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा खचाखच भरीएका काङ्ग्रेस नेता र कार्यकर्ता हरु धेरै लामो समयपछि एकै ठाउँमा भेला भई आफ्ना कुराहरु राख्न पाँउदा खुसी देखिन्थे । फाउन्डेसनका जिल्ला संयोजक कमल आचार को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई प्रवक्ता गोपाल दराइले संचालन गरेका थिए ।

प्रकाशित : २०७७ मंसिर ७ गते १०:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI