घुमाउरी सामुदायिक वनमा काङ्ग्रेस निकट प्यानलको बहुमत, अध्यक्षमा दिपक भट्टराई निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ७ गते ५:४९
घुमाउरी सामुदायिक वनमा काङ्ग्रेस निकट प्यानलको बहुमत, अध्यक्षमा दिपक भट्टराई निर्वाचित

देवचुली । पुर्वी नवलपरासीको देवचुली-९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समितीको अध्यक्षमा नेपाली काङ्ग्रेस निकट दिपक भट्टराई निर्वाचित भएका छ्न । शनिबार राती सम्पन्न मतगणना अनुसार भट्टराईले आफ्ना निकटम प्रतिद्वन्द्वी कृष्ण बहादुर क्षेत्रीलाई ३५ मतको फरकले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । भट्टराईले कुल खसेको मत मध्य २२१ र क्षेत्रीले १८६ मत पाएका थिए भने २४ मत बदर भएको थियो ।

स्थानीय तहकै निर्वाचनको झल्को दिने गरि सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा भट्टराई प्यानलकै होमबहादुर लुङ्गेलीले आफ्ना निकटम प्रतिद्वन्द्वी हिराबहादुर बिकलाई ५१ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका छ्न । लुङ्गेलीले २ सय १६ मत र बिकले १ सय ६५ मत पाएका छ्न । सचिव पदमा भने क्षेत्री प्यानलकी मधुमाया गुरुङ निर्वाचित भएकी छिन । उनले आफ्ना निकटम प्रतिद्वन्द्वी सुनिता पोख्रेल गैरे भन्दा ५१ मत धेरै पाएकी हुन । गैरेले १ सय ७० मत प्राप्त गर्दा गुरुङले २ सय २१ मत पाएकी हुन । यस्तै कोषाध्यक्ष पदमा पनि क्षेत्री प्यानलबाट उमेदवारी दिएका ईन्द्रबहादुर झेंडी निर्वाचित भएका छ्न । झेंडिले १ सय ९० मत प्राप्त गर्दा भण्डारीले १ सय ५१ मत पाएका छ्न ।

यस्तै तेजबहादुर गुरुङ २१६ मत, मोहनबहादुर आले १८६ मत , ज्ञानीमाया राई मगर १८६ मत, बुद्धिसरा अस्लामी १८१ मत , भिमदत्त दवाडी १७९ मत, सुमित्रा आले १७७ मत गोमा अस्लामी १७६ मत , सीता रावल १७५ मत र बेलमती नेपाली १७३ मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित भएका छ्न ।

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ४३१ मत खसेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहकै झल्को दिने गरि सम्पन्न निर्वाचनमा चुनाव लडेका भट्टराई प्यानल नेपाली काङ्ग्रेस निकट हो भने क्षेत्री प्यानल नेकपा निकट हो । १३ सदस्यीय कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा भट्टराई प्यानल अध्यक्ष उपाध्यक्ष र ८ जना सदस्य सहित बहुमत स्थानमा विजयी भएको हो ।

प्रकाशित : २०७७ मंसिर ७ गते ५:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI