घुमाउरी सामुदायिक वनको निर्वाचन जारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ६ गते १०:३४
घुमाउरी सामुदायिक वनको निर्वाचन जारी

देवचुली । पुर्वी नवलपरासी देवचुली-९मा रहेको घुमाउरी सामुदायिक वनको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन जारी छ ।

नयाँ कार्यसमिति चयनका लागि दलगत रुपमा उमेद्वारी दर्ता नभए पनि आन्तरिक रुपमा नेकपा र नेपाली काङ्ग्रेस निकट व्यक्तिहरु नै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छ्न ।

नेकपा निकट कृष्णबहादुर क्षेत्री र नेपाली काङ्ग्रेस निकट दिपक भट्टराईको नेतृत्वमा प्यानलनै बनाएर चुनाव लडेका छ्न ।

बिहान ८ बजे निर्वाचन बाट भनिएको भए पनि केही ढिलो गरि सुरु भएको निर्वाचनमा
४ सय ९४ मतदाता रहेको निर्वाचन संयोजक खगराज कंडेलले बताए ।

प्रकाशित : २०७७ मंसिर ६ गते १०:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI