मतदानद्वारा वडा कार्यालयको टुङ्गो

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ५ गते २०:१७
मतदानद्वारा वडा कार्यालयको टुङ्गो

चितवन । इच्छाकामना गाउँपालिका–३ को वडा कार्यालय मतदान गरी टुङ्गो लगाइएको छ । विशेष गाउँसभाले बिहीबार वडा कार्यालयको टुङ्गो लगाएको हो । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालका अनुसार वडा कार्यालय फिस्लिङ र चुम्लिङटार कहाँ राख्ने भन्ने विषयमा विवाद रहेको थियो । विशेष गाउँसभामा गरिएको मतदानमा चुम्लिङटारको पक्षमा १८ मत र फिस्लिङका पक्षमा १५ मत परेको थियो । यससँगै वडा कार्यालय चुम्लिङटारमा रहने भएको छ ।

लम्सालका अनुसार सभामा हाल ३५ सदस्य कायम छन् । गाउँपालिकामा सात वडा छन् । यसअघिका गाउँसभामा बहुमत सदस्य नपुगेपछि वडा कार्यालय तय हुनसकेको थिएन । गत साउनमा फिस्लिङमा अस्थायी कार्यालय राखेपछि चुम्लिङटारका बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका थिए । एक महिनाभित्र विशेष सभामार्फत टुङ्गो लगाउने सहमतिमा ताला खोलिएको थियो ।

सभाले स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन विधयेकसमेत पारित गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा रहेका सात स्थानीय तहमध्ये इच्छाकामना एक मात्रै गाउँपालिका हो ।रासस

प्रकाशित : २०७७ मंसिर ५ गते २०:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI