चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ५ गते १८:०६
चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ पुग्यो

भरतपुर । आजसम्म चितवनका ८५ जना कोरोना संक्रमितका मृत्यु भएको छ । स्वास्थय कार्यालय चितवनले जारी गरेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा सवै भन्दा धेरै ६१ देखि ७० बर्ष उमेर समुहका २१ जना छन् ।

५१ देखि ६० र ७१ देखि ८० उमेर समुहका समान १६/१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८० वर्ष उमेर माथिका १७ जना, ४१ देखि ५० उमेर समुहका ७ जना, ३१ देखि ४० उमेर समुहका ६ जनार ० देखि १० र ११ देखि २० वर्षका १/१ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु २३ जना महिला र ६२ जना पुरुष रहेका छन् ।

अहिले सम्म भरतपुर महानगरपालिकाका ५१ जना कोरोना संक्रमितको मत्यु भएको छ । खैरहनी नगरपालिकाका ९ , रत्ननगर नगरपालिकाका १०, राप्ती नगरपालिकाका ८, कालिका नगरपालिकाका ७ र इच्छाकामना गाउँपालिकाका १ जनाको मृत्युु  भएको छ । माडी नगरपालिकामा भने मत्यु हुने दर शुन्य छ ।

प्रकाशित : २०७७ मंसिर ५ गते १८:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI