रङ्गिन बन्दै नारायणी नदि किनारका ढुङ्गा

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ४ गते १६:०६
रङ्गिन बन्दै नारायणी नदि किनारका ढुङ्गा

सन्जय भट्टराई/कावासोती । पुर्वी नवलपरासीको कावासोती-१२ मा रहेको ज्योति गंगा स्नान घाटका किनारका ढुङ्गा यति बेला रङ्गिन बनेका छ्न । स्नानघाटको उतर तर्फ किनारमा रहेका करिब ५०० मिटर क्षेत्रका ढुङ्गालाई सेतो , पहेँलो र हरियो रङ्ग पोतेर आर्कषक बनाईएको हो ।

पुर्व पश्चिम राजमार्गको लोकाहाबाट करिब ३.५ किलोमीटर दक्षिणीमा रहेको नारायणी नदि किनारमा बनाईएको ज्योति गंगा स्नान घाटमा दिनहुँ जसो नदि स्नान र पुजापाठ गर्नेहरु आउने गर्दछ्न । यस ठाउँका ढुङ्गामा रङ्ग लगाएर आकर्षक बनाए पछि सेल्फि तथा खिच्न एवं घुम्न आउनेहरुको पनि संख्या बढने स्थानीयहरु बताउछन ।

यस स्थान नजिकै हरेक वर्ष हरिबोधनी एकादशीको दिन धार्मिक मेला समेत लाग्ने गर्दछ । मेला भर्न हरेक वर्ष हजारौंको संख्यामा भक्तजनहरु आउने यस ठाउँको विकासमा स्थानीयतहले आवश्यक चासो दिनु पर्ने स्थानीय बताउछ्न ।

स्नानघाट निर्माणमा निरन्तर लागिरहेका पण्डित ज्योतिलाल भट्टराईले आउदो हरिबोधनी एकादेशीमा लाग्ने मेला अगाडी घाट निमार्ण कार्य सम्पुर्ण रुपमा सकिने बताए । उनका अनुसार श्रद्धालु भक्तजन र दाताको सहयोग बाट निर्माण कार्य अगाडी बढाईएको हो । निर्माण कार्यमा आर्थिक अभावका कारण समस्या भएकाले सहयोग गर्न पनि भट्टराईले अनुरोध गरेका छ्न ।

स्नान घाटको पारी पट्टि रहेको चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु पनि यहि स्थान बाट देख्न सकिन्छ । पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै आएको यस स्थान नजिकै आईसल्याण्ड जंगल रिसोर्ट लगाएतका होटलहरु पनि सन्चालन गरिएको छ । प्रशस्त सम्भावना रहेको यस ठाउँको विकासमा सरोकारवाला निकायको ध्यान जान सके धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य हुन सक्छ ।

भिडियोका लागि यो लिन्कमा जानुहोस ।

प्रकाशित : २०७७ मंसिर ४ गते १६:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI