तपाईंले बलियो ठानेको पासवर्ड पनि हुनसक्छ कमजोर, अनुसन्धानले यस्तो भन्छ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २ गते १७:३२
तपाईंले बलियो ठानेको पासवर्ड पनि हुनसक्छ कमजोर, अनुसन्धानले यस्तो भन्छ

काठमाडौं । तपाईं जब कुनै अकाउन्ट बनाएर पासवर्ड सिर्जना गर्नुहुन्छ, तब ह्याकरले तोड्न नसक्ने पासवर्ड बनाउन अनिवार्य हुन्छ । क्यापिटल अक्षर, नम्बर र कुनै विशेष क्यारेक्टर पासवर्डको फर्म्याट नै हो ।

तर यी कुराले मात्र तपाईंको पासवर्डलाई बलियो नबनाउने कार्नेग मेलन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले बताएका छन् । यस किसिमको टिप्स सामान्य मानिसहरुले बुझे पनि फर्म्याट एउटै बनाउने हुँदा ह्याक हुने जोखिम रहेको उनीहरुको भनाई छ ।

साइबर ल्याब सेक्युरिटी तथा प्राइभेट ल्याब्रेटोरी सीएमयूका निर्देशक लोरी क्रानोरले आफ्नो टिमसँग एउटा राम्रो तरिका भएको बताएकी छिन् । उनका अनुसार उनको टिमसँग एउटा मिटर छ, जसलाई वेबसाइटहरुले प्रयोग गरेर बलियो सुरक्षित पासवर्ड बनाउनका लागि प्रयोग गर्न सक्छन् ।

प्रयोगकर्ताले १० क्यारेक्टरको पासवर्ड बनाइसकेपछि मिटरले आफैं बलियो पासवर्डहरु सजेस्ट गर्न थाल्दछ । त्यहाँ सामान्य शब्दहरुलाई स्ल्यास, रेन्डम अक्षर र साइनहरु प्रयोग गरेर शब्दलाई टुक्र्याएर बलियो पासवर्ड बनाइन्छ ।

बलियो पासवर्ड बनाउन प्रयोग हुने यो मिटर अन्य मिटर भन्दा फरक छ । ती सुझावहरु सामान्य पिटफलबाट आउछन्, जुन क्रानोरको टिमले ल्याबले सञ्चालन गरेको एक्सपेरिमेन्टको दौरान पाइएको छ ।

अधिकांश पासवर्डको मुख्य समस्या भनेको त्यसले सबै सेक्युरिटी चेकमा टिक गरेको हुन्छ र हामी धेरै जसोले अकाउन्ट होल्डरहरु एउटै फर्म्याट प्रयोग गरिरहेको ल्याबको अध्ययनले देखाएको छ । अधिकांशले अन्त्यमा एक अंक प्रयोग गर्ने गरेको र उद्धार चिन्ह पनि एकदमै धेरै प्रयोग गरिएको उनीहरुले बताएका छन् ।

सीएमयूको पासवर्ड मिटरले पासवर्डलाई बलियो बनाउन  “ILoveYou2!” जस्ता पासवर्ड नराख्न सुझाव दिएको छ । यो सामान्यले प्रयोग गर्ने फर्म्याटभित्र आउने उसले बताएको छ ।

साथै उक्त मिटरले प्रयोगकर्तालाई कसैको नाम प्रयोग नगर्न र गरे पनि बीच बीचमा विशेष अक्षर वा अंकहरु लेख्न भनेको छ । कुनै पनि सुझाव लिनुको साटो प्रयोगकर्ताले प्रयोग गरिरहेकै फर्म्याटमा थोरै फेरबदल गरे पासवर्ड बलियो बन्ने क्रानोर बताउँछिन् ।

एउटा एक्सपेरिमेन्टमा प्रयोगकर्ताहरुले सिस्टमले दिएको सुझाव अनुसार १० वटा अक्षर वा अंकबाट पासवर्डमा इन्ट्री गरेको पाइएको छ । त्यसपश्चात क्रानोरको सिस्टमले उक्त पासवर्डलाई ल्याबको पासवर्ड स्ट्रेन्थ मिटरले रेट गरेर थप बलियो पासवर्ड राख्न सुझाव दिएको थियो ।

तर क्रानोर पनि पासवर्ड म्यानेजरको प्रयोगलाई नै सुरक्षित पासवर्डका लागि उत्कृष्ट विधि ठहर्‍याउँछिन् ।-एजेन्सी

प्रकाशित : २०७७ मंसिर २ गते १७:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI