गण्डकी प्रदेश सहित पाँच प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १ गते ११:१०
गण्डकी प्रदेश सहित  पाँच प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाण्डाै – साेमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उच्च पहाडी तथा हिमाली भेगको केही ठाउँमा सामान्य हिमपातसमेत भइरहेको उहाँले बताउनुभयो ।

पश्चिमी वायुको प्रभाव रहेकोले साेमबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । साेमबार राति पनि देशभर आंशिकदेखि सामान्य बादल लागेर सुदूरपश्चिम र कर्णाली, गण्डकी, वाग्मती र प्रदेश १ का केही ठाउँमा सामान्य पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

प्रकाशित : २०७७ मंसिर १ गते ११:१०
Copyright © 20 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI