कावासोतीमा कोरोना संक्रमितको संख्या ५ सय ३६ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २७ गते १७:४८
कावासोतीमा कोरोना संक्रमितको संख्या ५ सय ३६ पुग्यो

कावासोती । बिहिबार ४४ जना संक्रमित थपिए सँगै पुर्वी नवलपरासीको कावासोती नगरपालिकामा कोरोना संक्रमितको संख्या ५३६ पुगेको छ ।

कात्तिक २३ गते कावासोती नगरपालिकामा स्वाब संकलन गरिएका ११३ जना मध्ये ४४ जना कावासोतीका र १ जना मध्यविन्दुका गरी ४५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए ।

स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिला अनुसार थपिएका सबै संक्रमितको अवस्था समान्य रहेकोले उनीहरु सबै होम आइसोलशनमा रहेका छन् । कावासोतीमा पहिचान भएका ५ सय ३६ जना संक्रमितहरु मध्ये ३३५ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित : २०७७ कार्तिक २७ गते १७:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI