नेपालमा थप २६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २६ गते १६:५६
नेपालमा थप २६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो
corona

नेपालमा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा २ हजार ५ सय ६९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ७४ हजार २ सय ९५ पुगेको छ। हाल १ हजार १ सय ९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७७ कार्तिक २६ गते १६:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI