काठमाडौं : हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।
हाल देशका हिमाली भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।
त्यस्तै देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित : २०७७ कार्तिक २६ गते ८:३४
Facebook Comment