NAWALPUR TIMES प्रकाशित : २०७७ कार्तिक २१ गते १८:०९
युएईमा जारि १३ औं संस्करणको आईपिएल अन्तर्गत आज इलिमिनेटर खेलमा डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादले बिराट कोहली कप्तानीको रोयल च्यालेंजर्स बैंगलोरको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे आबु धाबी स्यथित शेख जायद स्टेडियममा सुरु हुनेछ। यस अघि दुवै टोलि १४ खेलमा १४ अंक बटुल्दै अंकतालिकाको तेस्रो (हैदरावाद) र चौथौं (बैंगलोर) स्थानमा रहदै प्लेअफका लागि छनोट भएका थिए।
गए राति सम्पन्न क्वालिफायर १ को खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ। आज विजयी हुने टिमले फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससंग दोश्रो क्वालीफायरमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टिमको यात्रा समाप्त हुनेछ।
बैंगलोरले लिगको सुरुवात राम्रो गरेता पनि अन्तिम ४ खेलमा लगातार हार बेहोरेको छ। अर्कोतर्फ हैदरावादले पछिल्लो ३ खेलमा जित दर्ता गर्दै प्लेअफमा स्थान पक्का गर्दै लय पाएको छ।
पछिल्लो भेट : लिग चरणमा २ पटक भएको भेटमा बैंगलोरले पहिलो खेल १० रनले तथा दोश्रो खेल हैदरावादले ५ विकेटले जितेको थियो।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न पहिलो भेटमा बैंगलोरले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले १५३ रन बनाउन सकेको थियो। बैंगलोरको लागि देभदत्त पडीक्कल र एबि डी भिल्लीयर्सले अर्धशतक बनाएका थिए भने बलिंगमा युजभेन्द्र चहलले ३ विकेट लिएका थिए। हैदरावादको लागि जोनी बेयरस्टोले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिएका थिएनन्
शारजाह मैदानमा भएको दोश्रो भेटमा बैंगलोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ५ विकेट गुमाएर भेटाएको थियो। सन्दिप शर्मा र जेसं होल्डरले समान २ विकेट लिएका थिए भने रिद्दीमान शाहले सर्वाधिक ३९ रन बनाउदै हैदरावादको जितमा अहम योगदान दिएका थिए।
हैदरावाद : डेभिड वार्नर र रिद्दीमान साहाको उत्कृस्ट लयको कारण टिम प्लेअफका लागि छनोट हुन सकेको हो। हैदरावादले यी दुई खेलाडीको रुपमा उत्कृष्ट ओपनिंग जोडी पाएको छ। तर, पछिल्ला खेलहरुमा टप अर्डर ब्याट्सम्यानले खेल समाप्त गर्दा मिडल अर्डरका ब्याट्सम्यानले मौका पाएका छैनन्। हैदरावाद आफ्नो टप अर्डरमा निकै निर्भर छ। तर, उसको मिडल अर्डरमा पोख्त ब्याट्सम्यानको कमि भने छैन। आफ्नो अनुभवी तिव्र गतिका बलर भुवनेश्वर कुमारको अनुपस्थितिमा पनि टिमको फास्ट बलिंग पक्ष मजबुत देखिएको छ। स्विंग बलर सन्दिप शर्माले सुरुवाती विकेटहरु दिलाउने गरेका छन् भने नटराजनले डेथ ओभरमा योर्कर बलिंग गर्दै किफायती बलिंग गरेका छन्। अल-राउण्डर जेसन होल्डरले प्रभावशाली प्रदर्शन गरेका छन्। राशिद खानले उत्कृष्ट बलिंग प्रदर्शन गरेका छन् जसलाई देब्रे हाते स्पिनर शाहबाज नदीमले राम्रो साथ दिएका छन्।
सन्तुलित टोलि बैंगलोरले प्रतियोगितामा राम्रो सुरुवात गरेता पनि लिगको अन्तिम चरणमा आएर लय गुमाएपछि प्लेअफका लागि छनोट हुन संघर्ष गरेको थियो। टिमका ओपनर देभदत्त पडिक्क्लले १४ खेलमा ४७२ रन बनाउदै उत्कृष्ट प्रदर्शन गरेका छन्। कप्तान बिराट कोहलीको प्रदर्शन पछिल्लो खेलहरुमा खास रहन सकेको छैन। टिम बिराट कोहली, देभदत्त पडीक्कल र एबी डी भिल्लियर्समा निकै निर्भर छ। टिमले दबाब खेलमा अनुभवी ओपनर आरोन फिंचलाई युवा ओपनर जोश फिलिपेको स्थानमा मौका दिन्छ या दिदैन हेर्न लायक हुनेछ।
बैंगलोरको बलिंग पक्ष मजबुत छ। क्रिस मोरिसले घातक बलिंग गरेका छन्। मोहम्मद सिराजले अपत्यारिलो बलिंग गर्दै अहम विकेट लिएका छन्। लेग स्पिनर युजभेंद्र चहलले फिफायति बलिंग गर्दै सफलता दिलाएका छन्। नभदिप सैनी चोटका कारण मैदान बाहिर रहदा टिमको बलिंग पक्ष डगमगाएको देखिन्छ। आजको खेलमा टिम उनको कमब्याक चाहन्छ।
हेड टु हेड :- हालसम्म यी दुई टोलीबीच कुल १७ पटक प्रतिस्पर्धा भएको छ जसमध्य हैदरावाद ९ तथा बैंगलोर ७ खेलमा विजयी भएको छ। १ खेल भने नतिजा विहिन बनेको छ। लिग स्टेजमा यी दुई टोलि आमने-सामने हुदाँ पहिलो खेलमा बैंगलोर १० रनले तथा दोस्रो खेलमा हैदरावाद ५ विकेटले विजयी भएको छ।
Facebook Comment