होम आईसोलेसनबाट केपि ओलि र प्रचण्डलाई पत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १८ गते १८:१२
होम आईसोलेसनबाट केपि ओलि र प्रचण्डलाई पत्र

तीर्थ कंडेल
आदरणीय के पि शर्मा ओलि तथा पुष्पकमल दाहाल’प्रचण्ड’,
आज १८ औं दिनको होम आइसोलेसनबाट यो पत्र लेख्दैछु…. जब फेसबुक पेजहरु खोल्छु, कतै कोरोनाबाट मुक्ती पाएकोमा बधाई देख्छु त कतै बिदाई ….अलबिदा ।। यो अब कुनै नौलो खबर लाग्दैन । नियमित जस्तै लाग्दैछ। म र मेरो परिवार अहिले स्वास्थ्यलाभ गर्दैछौं । हामी अब पुर्ण रूपमा खतरामुक्त छौँ ।
यसको लागि आफन्तजन तथा शुभेच्छुकहरुको हौसला र सहयोगको लागि कृतज्ञता प्रकट गर्दछौं । नेता द्वय, आत्मबिश्व्वास बढाएर कोभिड्लाई परास्त गर्यौं। तर जब बिहानैदेखि समाचारहरु सुन्छु र हेर्छु, मन झन झन कमजोर र शिथिल भएर आउँछ। पार्टी फुटको संघारमा ….ओलि घेराबन्दीमा …. प्रचण्ड असन्तुष्ट …..यस्तै यस्तै ।।

जब राजनीतिको पहिलो बिजारोपण बाल मस्तिष्कमा भएको थियो, भुमिगत रूपमा कहिले निगालाको झाडी त कहिले अँध्यारो रातमा राजनीतिक प्रशिक्षणको क्रममा, पाल्पाली अग्रजहरुले दिएको मुल मन्त्रमा जनता र देशको भलाई गर्ने कम्युनिस्ट पार्टिको सरकारले मात्रै हो तर कम्युनिस्टको सरकार त्यति सजिलै आउदैन…. भनेको कुरा अहिले पनि ताजै छ। जब अल्पमतकै भए पनि मनमोहन अधिकारीले ल्याएको नौ स को कार्यक्रम होस या आफ्नो गाउँ आफै बनाउं जस्ता जनपृय कामहरू देख्दा ….ती आदर्श प्रति गौरब लागेको थियो ।

तत्कालीन एमाले संसदिय बाटोमा बिस्वास गरि यता भिड्यो। माओबादीले बन्दुकको नालबाटै सत्तासिन हुन सकिन्छ भनेर जनयुद्धको ऐलानीमा लाग्यो। अन्ततः दुई धारहरु एकै ठाउँमा उभिएर जनतालाई हामी कम्युनिस्ट अब जुट्यौं भनेर साझा प्रतिबद्द्ता जनाई घोषणा पत्र जारी गरियो…. कांग्रेस प्रति जनताको बिस्वास टुटेको र चरम गुटबन्दीले थलिएको अबस्थामा अब आशाको दियो भनेको कम्युनिस्ट पार्टी नै हो भनेर स्पष्ट दुई तिहाईको जनमत तपाईंहरुको नेतृत्वलाई बिश्वास गरेर दिइएको थियो। जब पुर्ण कम्युनिस्टको सरकारले रुप लियो , आज होला ….भोलि होला भन्दै जनताको आशाको त्यान्द्रो बलिरहेकै छ। तर जब सरकारका मन्त्रीहरूलाई कार्यमुल्यांकनको आधार भनेर सिन्को नभाच्नेलाई निरन्तरता र गोकर्ण बिस्ट तथा लालबाबु पण्डित जस्ता जन्ताले रुचाएका मन्त्रीहरुलाई हटाइयो, अनि थाहा भो कि तपाईंहरुलाई लोभी पापी र अबसरबादिहरुले घेरिसकेछन…..

महाभुकम्पबाट बल्लतल्ल बौरिएको देशलाई फेरि कोभिडको माहामारिले तहसनहस पारिरहेको छ। मेरो अन्तरमनले तपाईं द्वयसंग यी प्रस्नको जवाफ मागिरहेको छ। म बिचराको तपाईहरुसंग पहुँच नै पो कहाँ छ र तर कोहि मार्फत पुग्छ कि आशा छ….
– दिनानुदिन दुई दर्जनको हाराहारीमा नेपाली जनताको मृत्युको खबर आउँदा पनि किन तपाईहरुलाई यो दुखद खबरको संबेदनसिलताले छुदैन?
– यस्तो महामारीमा उपचारमा सरकारको कुनै जिम्मेवारी छैन । के हो सरकार भनेको? तपाईंहरुको सरकारी संयन्त्रको काम केबल संक्रमित र मृतकको संख्या गनेर सुनाउनु मात्रै हो?
– तपाईंहरुको वरिपरिका सल्लाहकार र हल्लाहकार लोभी पापी र चरम अबसरबादी छन भन्ने कुरा तपाईंहरुले कहिले मात्रै बुझ्नु हुन्छ ?
– नेपाली राजनीतिको इतिहासमा देशको मुहार फेर्ने र विश्व इतिहासमा कम्युनिस्टको सरकार सफल हुन्छ भन्ने संदेश दिने यो स्वर्णिम अबसरलाई तपाईंहरु एउटा पात्र मन्त्री बनाउन वा राजदुत बनाउने गरि आत्मकेन्दृत भएर किन चुकाउदै हुनुहुन्छ ?
– पार्टी एकताका बेला के सपना र योजना बुन्नु भएको थियो ? यति छिट्टै आफ्नै सपनाहरू बिर्सने पनि नेता हुन सक्छ ?
– संघीयता र गणतन्त्र के फरि अर्को झुक्याउने खेल हो तपाईंहरुको?
– एउटा दुर्दर्शी नेताले कहिलेकाहीँ आफ्नो कामको आत्मसमिक्षा गर्न सक्नु हुन्न? आफ्ना वरिपरि कस्ता मान्छेले घेरेका छन? तिनको दाउ के छ ? किन पार्टी र सरकार यतिसारो अलोकपृय हुदैछ? के के गर्न सकिन्थ्यो ? के के भयो? के के भएन ? किन भको छैन? एकदिन भरी लगाएर एक्लै चिन्तन र आत्मसमिक्षा किन गर्नु हुन्न?
– के तपाईंहरुलाई सम्पत्ति जोड्नु छ? अझैपनी छोराछोरी र नातिनातिनालाई केही लाभको पदमा पुर्याउनु छ?
– देश र जनतालाई तपाईंहरुले भुलेकै हो? हिजोको घोषणा पत्र खोइ? एउटा असल नेताले आन्तरिक र बाह्य समस्यामध्ये कुनलाई प्राथमिकतामा राख्ने र क्रमशः समाधान गर्ने छुट्ट्याउन सकिन्न ?
– अब त यस्तो लाग्छ तपाईंहरुको एकता केबल नाटक हो।
भित्री मनमा तपाईंहरु एक अर्कोप्रती इमानदार नै हुनुहुन्न।
कसरी एउटाले अर्कोलाई उपयोग गर्ने र सिध्याउने दाउमा हुनुहुन्छ । अनि सबैभन्दा खराव त तपाईंका मतियारहरु छन। जसले राम्रा मान्छेका कुरा सुन्नै दिदैनन। अनि भन्नुहोस् त तपाईंहरुले यो चक्रब्युह कहिले तोडेर बाहिर आउनुहुन्छ?
– के तपाईहरु संसारबाटै कम्युनिस्टको सरकार असफल हुन्छ। यो त षड्यन्त्रको ढोङ मात्रै हो भन्ने कलंकको टिको लगाउन तयार हुनुहुन्छ ?
– अनि जादाजादै यो पनि नभुल्नोस कि चाहे झापाकाण्ड होस या जनयुद्धको नाममा होस देशका हजारौं सपुतहरुको बलिदान र त्यागबाट बनेको यो जनाधार तपाईं र तपाईंको चम्चेहरुको लहडमा त्यसै खेर जाने पनि छैन । अस्तित्वको खोजी प्रचण्ड र ओलिको होइन । मातृभुमी नेपाल आमा र आम नेपालीको हो। अझै पनि कोहि मतियार यहि धमिलो पानीमा माछा मार्ने दाउमा छ भने, तिम्रो कासि पनि टाढा छैन । झोला बोके हुन्छ।
– अझै पनि हामीले आशा र भरोसा गरेको कुरा पार्टी नेतृत्व र सरकारबाट पूरा भएन भने , ठिकै छ, एउटा कालरात्री सकिएपछि भोलि बिहान् त सुनौलो घाम फेरि लाग्ला नि !!
अस्तु ।।

प्रकाशित : २०७७ कार्तिक १८ गते १८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI